Breaking News 2

बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

Breaking News 2, खेलकुद, बागमती, समाचार
६ फागुन, हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । गोल्डकपमा दुवै टिम सफल टोलि हो । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथ...
मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार, हेटौँडा
५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ । मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक...
बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

Breaking News 2, खेलकुद, बागमती, समाचार
५ फागुन, हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उन...
७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

Breaking News 2, खेलकुद, बागमती, समाचार
४ फागुन, हेटौँडा । ७ औं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टोलि सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गर्दै टोलिलाई जिताए । पराजित बिएफसीका अमन लामाको प्रहार मात्रै गोल गरे । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाए भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड ...
बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

Breaking News 2, खेलकुद, बागमती
३ फागुन, हेटौँडा । आयोजक बागमती खेलकुद विकास समितिलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्बले शनिवारबाट सुरु भएको ७ औं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे स्थित सहिद स्मृति रंगशालामा सुरु भएको प्रतियोगितामा आयोजकलाई १–० ले स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको हो । बागमतीको जितको लागि कप्तान विमल घिसिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित भएको खेलमा घिसिङले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका हुन् । उनले विदेशी खेलाडी सदिकको क्रस पासलाई सदुपायोग गर्दै आयोजकको गोल पोष्टको जाली चुमाउन सफल भएका थिए । घिसिङले डि–बक्स नजिकैबाट गरेको पावरफुल प्रहार बागमती खेलकुद विकास समितिका गोलरक्षक बिशाल सुनारले रोक्न सकेनन् । गोलकर्ता घिसिङ नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैंयासहि...
बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
३ फागुन, हेटौंडा । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्‍याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ । बालेन मेयर भए...
बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा

Breaking News 2, राक्सिराङ्ग, समाचार, हेटौँडा
१ फागुन, हेटौँडा । बामती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बिहीबार एक भव्य कार्यक्रमकाबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न ५१ सूचक पूरा भएसँगै हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । यसअघि विभिन्न समयमा हेटौँडाका १९ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । यो घोषणासँगै हेटौँडा उपमहानगरपालिका निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकहरु पुरा गरेपछि हेटौँडालाई बाल...
बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको भूमिकाः मन्त्री सिंह

बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको भूमिकाः मन्त्री सिंह

Breaking News 2, राजनीति, समाचार
१ फागुन, हेटौँडा । घोषणा सभालाई सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गिण विकासको लागि राज्यसंगै परिवारको भुमिका अपरिहार्य रहेको बताए । परिवारबाट पनि बालबालिकाहरुप्रति आफ्नो भुमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गर्न उनले आग्रह गरे । परिवार पहिलो विद्यालय भएको उल्लेख गर्दै मन्त्री सिंहले परिवारले असल सन्तानसँगै असल नागरिक निर्माणमा जगैदेखि योगदान दिनुपर्नेमा जोड दिए । ‘बालबालिकाको सर्वाङ्गिण विकासमा राज्यसँगै परिवारको ठूलो भूमिका छ । यसलाई सबैले ग्रहण गर्नु आवस्यक छ,’ उनले भने, ‘परिवारले नै प्रत्येके बालबालिकालाई एक असर सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्छ ।’ मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभुत गर्ने सवालमा स्थानीय तह देखि प्रदेश र संघ सरकारले काम गरिरह...
मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

मोटरसाईकल दुर्घट्नामा दुई जनाको मृत्यू

Breaking News 2, समाचार
महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाईकल दुर्घट्ना हुदा दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ । आज(सोमबार) राति ८ बजेको समयमा जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १२ स्थीत भाईरल रोडमा सु.प.प्र ०१०११२ प ९२४९ नम्बरको मोटरसाईकल विद्युतको पोलमा ठोकिदा भीमदत्त नगरपालिका वडा नं. १३ का २१ बर्षिय कैलाश सिंह साँउद र २२ बर्षिय गणेश बिष्टको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक उमेश जोशीले बताउनुभयो । मोटरसाईकल अनियन्त्रित भएर दुर्घट्ना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको सूचना अधिकारी जोशीले बताउनुभयो ।...
कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिसभाको पाँचांंै अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् ।   समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुईवटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ । ‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत् प्रतिवेदन अबिलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज