Day: April 23, 2025

एकैदिन हेटौँडामा दुई कल्भर्ट पुलको उद्घाटन

एकैदिन हेटौँडामा दुई कल्भर्ट पुलको उद्घाटन

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
१० वैशाख, हेटौँडा । सोमबार हेटौंडा उपमहानगरपालिकाभित्रको तीनवटा वडालाई जोड्ने दुईवटा कल्भर्ट पुल उद्घाटन गरिएको छ । हेटौँडा ६, ७ र ८ नम्बर वडामा बनेको कल्भर्ट पुल उद्घाटन गरिएको हो । दुईवटै कल्भर्ट पुलको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका हुन् । कल्भर्ट पुल हेटौँडा–नागस्वती–हटिया सडक खण्डअन्तर्गत हेटौँडा ६ र ७ जोड्ने हरियालीमा रहेको खहरे र वडा नम्बर ८ ओमनगरस्थित खहरेमाथि निर्माण गरिएको छ। वडा नम्बर ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल उपमहानगरपालिकाको एक करोड १९ लाख र वडा नम्बर ८ मा रहेको १४ मिटर लम्बाइको पुल प्रदेश सरकारको ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । लामो समयदेखि पुलको अभावमा वर्षायाममा समस्या खेप्दै आएका सर्वसाधारणलाई अब राहत हुने भएको छ । कल्भर्ट पुलको उद्घाटन गर्दै प्रमुख लामाले हेटौंडा उपमहानग...
राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

राज्यले खेलको महत्व नबुझ्दा खेलाडी पलायन हुन बाध्यः मन्त्री महर्जनको

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
९ वैशाख, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा खेलाडी विदेश पलायन हुन बाध्य भएको धारणा राखेका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलबारबाट हेटौंडामा सुरु भएको खेलकुद पत्रकारिता सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा रहेकाहरुले खेलकुदको महत्व बुझ्नै नसकेको उनको भनाई थियो । प्रदेश सरकारले पनि खेलकुद क्षेत्रलाई खासै महत्व नदिएको उनले गुनासो गरे । युवा तथा खेलकुद मन्त्रालयको सिलिङ बजेट जम्मा ६१ करोड रुपैयाँ मात्रै रहेको जानकारी दिँदै उनले यो निकै कम भएको दावी गरे । हरेक खेलको राष्ट्रिय टिममा रहेका ८० प्रतिशत खेलाडी बागमती प्रदेशभित्रको रहेको उनले बताए । बजेट दिने ठाउँमा भएकाहरुलाई खेलकुद बुझाउनै गारो भएको उनको भनाई थियो । यद्यपी बागमती प्रदेशका मुख्यमन्त्री भने खेलक...
कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१० वैशाख, हेटौँडा । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले आउँदो २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको जानकारी दिए । मंगलबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिएका थिए । त्यसअघि मंगलबार बिहानको बोर्ड बैठकले निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मच...