डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध
२१ वैशाख, हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको छ ।
गएरातिदेखि परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अबरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झण्डै दुईहप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।...
















