बामगतीमा मनाइयो गणतन्त्र दिवस
१५ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्रको उपलब्धिलाई नकार्ने प्रवृत्तिलाई राजनीतिक पूर्वाग्रहको उपज भन्दै आलोचना गरेका छन् । १८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार हेटौँडामा आयोजित औपचारिक समारोहलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था मात्र नभई न्याय, समानता, समावेशिता र सेवाभावको प्रतीक हुनुपर्ने धारणा व्यक्त गरे ।
‘गणतन्त्र अमूर्त कुरा होइन, यो अनुभूत गर्न सकिने व्यवस्था हो,’ प्रदेश प्रमुख देवकोटाले भने, ‘तर अझै पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन महसुस गर्न सकेका छैनन् । त्यसैले अब राजनीतिक दलहरू सत्ता होइन, सेवा केन्द्रित भएर अघि बढ्नुपर्छ ।’ उनले राजनीतिक दलहरुलाई परिणाममुखी कार्यमार्फत जनताको सुखद दैनिकी सुनिश्चित गर्न र नागरिकलाई सर्वोपरि राखेर अगाडि बढ्न पनि आग्रह गरे । ‘जनता विकास, रोजगारी र समृद्धि चाहान्छन् । जन...

















