नेकोस कप राष्ट्रिय महिला भलिबलः एपिएफ र गण्डकी विजयी
९ असार, हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल ९एपिएफ० क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।
हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन्।
जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित गर्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै जित निकाल्यो।
प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपिएफ क...















