Day: December 21, 2025

मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीका लागि बनाइदिए घर

Breaking News 1, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
६ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा–सुविधाको रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले धुसर बस्ने लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन् । कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि निर्माण सुरु गरिएको थियो । करिब ८ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङ सुरक्षित आवास नि...
राक्सिराङ र कैलाश गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

राक्सिराङ र कैलाश गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग
५ पुस, हेटौँडा । मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकाले इसाई धार्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गाउँपालिकाहरूले सूचना जारी गर्दै पुस २५, २६ र २७ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्। अध्यक्ष मोक्तानद्वारा जारी सूचनामा क्रिसमस पर्वले आपसी सद्भाव, सामाजिक एकता, शान्ति र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। यस्तै, राक्सिराङ गाउँपालिकाले पनि क्रिसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गर्दै पुस १०, ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमस पर्वले स...