बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
२० साउन, हेटौंडा । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस बाटै मुख्यमन्त्री बनेका बाहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन् । सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नेता बानियाँले दाबी गरेका थिए । सोही अनुसार नेता बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमतीका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री ब...























