ताजा अपडेट

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको चित्लाङले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृती क्लबलाई ५–१ गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो। सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। चित्लाङको जितमा विदेशी खेलाडी सोलोमन किङ र एरोन थापाले दुई–दुई गोल गरे भने समीर तामाङले एक गोल थपे। खेलको ४३औँ मिनेटमा सोलोमनले पहिलो गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्‍यो। ७८औँ मिनेटमा एरोनले अग्रता दोब्बर बनाए भने त्यसको एक मिनेटपछि समीर तामाङले गोल गर्दै चित्लाङलाई ३–० को अवस्थामा पुर्‍...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटामा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए। उनका अनुसार उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रशासनिक संरचनालाई छरितो, प्रभावकारी र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको उनको भनाइ छ। प्रदेश सरकारले नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। निर्णयअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन्। यसैगरी कृषि, पशुपन्छी, व...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बागमतीले उपाधिनजिकको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट टुंगिएको हो। खेलको पहिलो हाफमै फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। कप्तान रुपेश केसीले ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, दोस्रो हाफको अन्तिम समयमा बागमतीले बराबरी गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। ८५औँ मिनेटमा आयुष मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ मा ल्याएका थिए। टाइब्रेकरमा बागमतीका अनिष महर्जन, भूपाल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले सफल प्रह...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा चित्लाङ एफसीले काठमाडौंको मछिन्द्र एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्णायक गोल चित्लाङका एरोन थापाले ८६औँ मिनेटमा गरेका थिए । अन्तिम क्षणमा आएको उक्त गोलले चित्लाङलाई ऐतिहासिक जित दिलायो । उत्कृष्ट प्रदर्शन गरेका थापा ‘प्लेयर अफ दी म्याच’ घोषित भए र उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । हारसँगै मछिन्द्र एफसी प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र छैटौँ संस्करणको बागमती गोल्डकप विजेता टोली हो भने गत संस्करणको उपविजेता पनि हो । चित्लाङ एफसीले अब सिमराको नवजनजागृति क्लब ९एनजेसी०सँग सेमिफाइनल खेल्नेछ। य...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ‘सरकारी कामकाजी भाषा ऐन, २०७९’ कार्यान्वयनमा आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने र सो दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जनाएको छ । मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार सो दिन प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा निकाय बन्द रहनेछन् । यसअघि ०८२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाषा दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। सोही निर्णयअनुसार ०८३ वैशाख २४ गतेका दिन प्रदेशभर सार्वजनिक बिदा लागू गरिएको हो। प्रदेश सरकारले भाषा, पहिचान र प्रशासनिक कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्स...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध हालै चालिएको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला सभापती बुद्ध लामाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्य गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनमाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ । जिल्ला सभापति बुद्ध लामा द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी गरिएको अनुसन्धानप्रति आपत्ति जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्त विपरीतका गतिविधि अस्वीकार्य हुने स्पष्ट पारिएको छ । कांग्रेस मकवानपुरले लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू विरोधमा उत्रिएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङबाट र्‍याली निकाल्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए । प्रदर्शनकारीले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै व्यवस्थापनको मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रशासनमार्फत बुझाएका छन्। नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘उठीवास होइन, व्यवस्थापन गर’ भन्ने माग अघि सारेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई ज्ञापानपत्रसमेत बुझाएका हुन् । सरकारले केही दिनदेखि काठमाडौं उपत्यकाका अतिक्रमित बस्ती खाली गर्न थालेपछि गृह मन्त्रालयले अन्य जिल्लामा पनि लगत संक...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स क्लबले काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। टाइब्रेकरमा प्लानिङ ब्वाइजका कप्तान फागुराम थारू र शिशिरले मात्र गोल गर्न सके भने प्रतापसिंह राई, पुजन थापा र निङमा घिसिङका प्रहार असफल भए। यता फ्रेन्ड्स क्लबका सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दीपेश गुरुङले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए। कप्तान रुपेश केसी र योगेश गुरुङका प्रहार भने गोलमा परिणत हुन सकेनन्। खेलमा उत्कृष्ट ...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका छन्। धादिङको रोराङ बेनीघाट गाउँपालिका– ४ सँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रका महिला यसअघि सुत्केरी गराउन घण्टौँ पैदल यात्रा गरेर वडा नम्बर १ को वरभन्ज्याङ वा मनहरी, हेटौँडासम्म पुग्नुपर्ने बाध्यता थियो। प्रसूति केन्द्र सञ्चालनसँगै उक्त समस्या अन्त्य भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यअनुसार वडा नम्बर २ मा प्रसूति सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो निवास तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफू लामो राजनीतिक यात्रापछि हाल प्रदेश सरकारको प्रमुखका रूपमा जनताको सेवामा रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। ‘सार्वजनिक खर्च कटौती र आर्थिक मितव्ययिताका लागि निरन्तर प्रयासरत रहेको तथा योजना र बजेटमा पारदर्शिता कायम गरिएको छ,’ उनले उल्लेख गरेका छन्। बानियाँले राज्यका ...