राजनीति

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ चैत, हेटौंडा । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन चैत २४ गते मंगलबार दिउँसो ४ बजे बस्नेछ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरेको कार्यालयले जनाएको छ । यसअघि गत साउन २७ पछि प्रदेश सभा बैठक बस्न सकेको थिएन । भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र सभा हलमा क्षति पुगेपछि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । अधिवेशन बस्ने भएपछि प्रदेश सभामा आवश्यक विधेयक र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।...
अब सरकारी कार्यालय र विद्यालयमा हप्तामा दुई दिन बिदा

अब सरकारी कार्यालय र विद्यालयमा हप्तामा दुई दिन बिदा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२२ चैत , हेटौंडा । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा रहने जानकारी दिएका हुन्। उनका अनुसार सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण ऊर्जा खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्री पोखरेलले बताए। सरकारको यो निर्णय लागू भएसँगै देशभरका सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा हुने भएको छ।...
प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ मा, उमेदवारी दर्ता आज

प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ मा, उमेदवारी दर्ता आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२० चैत, हेटौँडा । प्रतिनिधिसभा सभामुखको चयन प्रक्रिया आगामी आज शुक्रबार हुँदैछ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार, सभामुखको लागि उमेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । उमेदवारी दर्ता सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा गर्न सकिने बताइएको छ । दर्ता प्रक्रिया पूरा भएपछि दिउँसो उम्मेदवारीको नामावली प्रकाशन गरिनेछ । सभामुखको निर्वाचन आइतबार (चैत २२) सम्पन्न हुने तालिकामा उल्लेख छ । प्रतिनिधिसभामा कुल १८२ सिट रहेको छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका लागि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अन्य दलहरूले भने सभामुखको उमेदवारबारे अहिलेसम्म धारणा सार्वजनिक गरेका छैनन् । संसदमा सभामुखको निर्वाचनलाई लिएर राजनीतिक दबाब र छलफल जारी छ, र निर्वाचनसम्म यस विषयमा राजनीतिक वातावरण र गठ...
काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१७ चैत, हेटौँडा । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान तीव्र बनाइँदै जाँदा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा छविलाल रिजाल काठमाडौंका सीडीओको जिम्मेवारीमा रहेका थिए। आन्दोलनका बेला भएका गतिविधि र सम्भावित निर्णयगत भूमिकाबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ। यसअघि आयोगको सिफारिसअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि गत शनिबार नियन्त्रणमा लिइसकेको छ। जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे सत्यतथ...
ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग

ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति घोर आपत्ति जनाएको छ । पार्टीका कार्यावाहाक अध्यक्ष हिदम लामाले जारी भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले गिरफ्तारी गरिएको आरोप लगाएका छन् । उनले गैरकानुनी रूपमा पक्राउ पुर्जी जारी गरी गरिएको गिरफ्तारीले कानुनी राज्यको उपहास गरेको उल्लेख गर्दै यस्तो कदमले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन् । विज्ञप्ति जारी गर्दै कावा अध्यक्ष लामाले अध्यक्ष ओली र लेखक दुवैको गिरफ्तारीलाई गैरसंवैधानिक, गैरराजनीतिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै उनीहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। ...
एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय (सूचीसहित)

एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय (सूचीसहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो । एमाले नेता महेश बस्नेतका अनुसार बैठकले गरेका निर्णयहर: १. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने। २.  प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने। ३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने। ४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।...
ओली र लेखक महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राखिने, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान

ओली र लेखक महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राखिने, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई महाराजगन्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि उक्त गणमा लैजाने तयारी भइरहेको छ । शनिबार बिहान भक्तपुरस्थित उनीहरूको छुट्टाछुट्टै निवासबाट पक्राउ गरिएका उनीहरूलाई प्रारम्भिक प्रक्रियापछि प्रहरी परिसर काठमाडौं हुँदै अस्पताल लगिएको थियो । ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रहरीका अनुसार ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार यस्तो कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ । यसका लागि दुवै जनालाई जिल्ला अदालत काठमाडौंमा आइतबार उपस्थित गराइने तयारी गरिएको छ । अद...
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र लेखक पक्राउ

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र लेखक पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै ओली र लेखकलाई शनिवार बिहान् पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको हो । ओली र लेखकको पक्राउसँगै देशको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । समर्थकहरूले घटनाको विरोध जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले लगायतका दलहरूले पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले उक्त कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेका छन् ।...
सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ चैत, हेटौँडा । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनअनुसार आवश्यक कदम अघि बढाउने निर्णय गरेको हो। बैठकले सुरक्षा निकायसम्बन्धी विषयमा थप अध्ययन गर्न छुट्टै समिति गठन गर्ने र सो समितिको सिफारिसका आधारमा कार्यान्वयन अघि बढाउने जनाएको छ। अन्य विषय भने प्रतिवेदनअनुसार तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा सस्मित पोखरेल लाई तोकेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णयसमेत गरेको छ । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकतामा राख्दै घटनासम्बन्धी सत्यतथ्य उजागर ...
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१३ चैत, हेटौँडा । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । शाहले आजै दिउँसो १२स्३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ । राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने...