राजनीति

हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, हेटौँडा
२४ भदौ, हेटौँडा । सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनले मंगलबार उग्र रूप लिँदा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन् । बिहान शान्तिपूर्ण रुपमा सुरू भएको प्रदर्शन दिउँसोतिर हिंसात्मक मोडमा परिणत भएको थियो । उनीहरुको तोडफोड र आगजनतीबाट करोडौको धनमाल नष्ट भएको छ भने, सरकारी कागजात जलेर नष्ट भएका छन् । आन्दोलनकारीहरूले बागमती प्रदेश सभा, प्रदेश सरकारका मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, पाटन उच्च अदालत हेटौँडा, मकवानपुर जिल्ला अदालत, राजस्व कार्यलय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका, नापी विभाग, सञ्जयकोषको निर्माणधिन भवन, जिल्ला समन्वय समतिको कार्यलय, ४ र १० नम्बर वडा कार्यलयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरुले ती कार्यलयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै कागजात र सवारीसाधन तथा भौतीक संरचनामा समेत आगो लग...
आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति रोक्न सेनाको अनुरोध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ भदौ, हेटौँडा । नेपालमा जारी जेन–जी आन्दोलनले उग्र रूप लिँदै जाँदा नेपाली सेनाले विशेष अनुरोध सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा भौतिक संरचना, सार्वजनिक सम्पत्ति र मानव जीवनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले संयमित र जिम्मेवार ढंगले आन्दोलन अघि बढाउन आग्रह गरेको हो। सेनाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल मुलुकमा भइरहेको घटनाक्रमले राष्ट्रिय एकता, स्वाधीनता र स्थायित्वमा असर पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरिएको छ। सेनाले आफ्नो तटस्थ भूमिकामा अडिग रही राष्ट्रिय हित र नेपाली जनताको सुरक्षा सुनिश्चित गर्न सदैव तत्पर रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका क्रममा जनधनमा पुगेको अपूरणीय क्षतिप्रति गहिरो दुःख छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।” नेपाली सेनाले शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सम्पूर्ण पक्षलाई संयमित ह...
सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
स्वतन्त्र विचार २३ भदौ । सोमबारको दिन नेपाली राजनीतिक इतिहासमा अर्को दुःखद दिनका रूपमा अंकित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जी पुस्ताका युवाहरूले सुशासन, पारदर्शिता र समान अवसरको माग गरे । तर माग सुन्नुपर्ने सरकार स्वयं उनीहरूका रगतमा रंगिन पुग्यो । सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सक्थ्यो । तर त्यो मार्ग रोजिएन। दमनको बाटो रोजियो । परिणाम स्वरूप १९ युवा नागरिकले ज्यान गुमाए भने सयौं अस्पतालको बेडमा छटपटाइरहेका छन् । मुलुकले यति ठूलो मूल्य तिर्नु परे पनि सरकारले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन । गृहमन्त्रीले राजीनामा दिए, तर के यति नै पर्याप्त हौ? जिम्मा केवल गृहमन्त्रीकै हो त? प्रधानमन्त्रीदेखि सत्तारूढ दलका शीर्ष नेतासम्म नैतिक रूपमा उत्तिकै जिम्मेवार हुनुपर्ने हो, तर उन...
मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
२३ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सोमबार साँझ सूचना सार्वजनिक गर्दै मंगलबार नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरु बन्द रहने जनाएको हो । उपमहानगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णय गरेको सूचनामा उल्लेख गरेको छ । सोमबार जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले यस विषयम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ। साथै, परिस्थितिला...
कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा

कांग्रेस–एमाले गठबन्धनको औचित्य सकियोः महामन्त्री थापा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले जनतालाई सुशासन दिने उद्देश्यले बनेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको भन्द्यै गठबन्धनलाई निरन्तरता दिन औचित्य नरहेको बताएका हुन् । कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाई छ । ‘सुशासन दिने उद्देश्यले बनेको यो सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ। त्यसैले यस गठबन्धनलाई निरन्तरता दिन औचित्य छैन। कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्छ,’ उनले भने । यस्तै महामन्त्री थापाले सोमबार भएको जेन–जीको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको भन्दै घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीकै कन्धामा जाने स्पष्ट...
जेन–जी प्रदर्शनको घटनापछि गृहमन्त्री लेखकको राजीनामा

जेन–जी प्रदर्शनको घटनापछि गृहमन्त्री लेखकको राजीनामा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । जेन–जी पुस्ताले देशभर गरेको प्रदर्शन हिंसात्मक बन्दै ठूलो जनधनको क्षति भएको घटनापछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सरकारका एक मन्त्रीका अनुसार मन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमै आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। उनले जेन–जी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिएका हुन् । सोमबार भएको प्रदर्शन हिंसात्मक रूप लिँदा देशभर कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । घटनामा तीन सयभन्दा बढी घाइते भएका छन् । विभिन्न सहरमा सुरक्षा निकाय र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोलीसमेत चल्दा ठूलो जनधनको क्षति भएको हो।...
जेनजीको प्रदर्शनः देशभर १९ को मृत्यु, ३४७ घाइते

जेनजीको प्रदर्शनः देशभर १९ को मृत्यु, ३४७ घाइते

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौँडा । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध भएको जेनजी पुस्ताको देशव्यापी प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न अस्पतालमा उपचाररत अवस्थामा मृत्यु हुनेहरूको संख्या बढ्दै गएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ। यस्तै देशभर फैलिएका प्रदर्शनका क्रममा ३४७ जना घाइते भएको मन्त्रालयले जनाएको छ। तीमध्ये धेरैको उपचार विभिन्न सरकारी तथा निजी अस्पतालमा भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेक...
संसद् कब्जा प्रयासपछि ‘जेन-जी’ प्रदर्शन हिंसात्मक, मृत्यु हुनेको संख्या १५ पुग्यो 

संसद् कब्जा प्रयासपछि ‘जेन-जी’ प्रदर्शन हिंसात्मक, मृत्यु हुनेको संख्या १५ पुग्यो 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ भदौ, हेटौंडा । ‘जेन-जी’ पुस्ताका नाममा सोमबार राजधानीमा भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या १५ पुगेको छ। प्रदर्शनकारी समूहले नयाँ बानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले प्रतिकारस्वरूप गोली चलाएका थिए। घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने बाँकीको उपचारको क्रममा विभिन्न अस्पतालमा ज्यान गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मन्त्रालयले घाइतेहरूको उपचार निःशुल्क गर्न सरकारी अस्पताललाई निर्देशन दिइसकेको छ। अहिलेसम्मको तथ्यांकअनुसार सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। उता, घटनापछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। संसद् भवन परिसरलाई सुरक्षाकर्मीले घेराबन्द...
‘जेनजी’को प्रदर्शनमा १४ को मृत्यु, १९४ घाइते

‘जेनजी’को प्रदर्शनमा १४ को मृत्यु, १९४ घाइते

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२३ भदौ, हेटौंडा । देशभर फैलिएको ‘जेनजी’ पुस्ताको प्रदर्शन थप उग्र बनेको छ। सोमबारको घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १९४ जना घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँग समन्वय गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार घाइतेहरूको अवस्था गम्भीर छ । मृत्यु हुनेमध्ये सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ। सरकारले घटनालाई संवेदनशील मानेर उच्च सतर्कता अपनाएको छ। आन्तरिक मामिला मन्त्रालयले प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीलाई थप सतर्क रहन निर्देशन दिएको जनाएको छ। उता, आन्दोलनकारी पक्षले भने आफ्ना माग सम्बोधन नभएसम्म सडक आन्दोलनलाई अझै तीव्र बनाइने चेतावनी दिएका छन्।...
हेटौंडामा जेनजी सरकार बिरोधी प्रदर्शन (फोटो फिचर) 

हेटौंडामा जेनजी सरकार बिरोधी प्रदर्शन (फोटो फिचर) 

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ भदौ, हेटौंडा । भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ता हेटौंडामा पनि सडकमा उत्रिएको छ । सरकारको उल्टो कदमको बिरुद्ध अहिले हेटौंडा उपमहानगरपालिकाको गेटबाट भएको प्रदर्सन हेटौंडाको मुख्य बजारमा प्रदर्सन गरेका छन् । उनीहरु स्वतस्फूर्त सडकमा उत्रिएका हुन । उनिहरु बिरोधी पम्प्लेट र व्यानर लिएर नारा लगाएका थिए । सरकारको उल्टो बाटोमा हिडिरहेकोले त्यसको बिरोधमा सडकमा आउनुपरेको उनिहरुको भनाई छ । उनिहरुले बुद्धचोकसम्म पैदल यात्रा उल्टो हिडेर पनि सांकेतीक रुपमा सरकारको विरोध गरेका थिए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज