राजनीति

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त 

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त 

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० साउन, हेटौंडा । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मंगलबार (आज) बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस बाटै मुख्यमन्त्री बनेका बाहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन् । सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नेता बानियाँले दाबी गरेका थिए । सोही अनुसार नेता बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बागमतीका तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री ब...
बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेलगत्तै उनी काठमाडौं प्रस्थान गरेका छन् । उनले राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई दिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका लागि काठमाडौं रहेकाले सोमबार मात्र राजीनामा बुझाइने मुख्यमन्त्री लामाले बताए । ‘मैले राजीनामापत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक रूपमा घोषणा पनि गरेको छु,’ उनले भने, ‘प्रदेश प्रमुखज्यू उपचारमा हुनुभएकाले सोमबार मात्र मेरा प्रमुख स्वकीय छत्र लामाले राजीनामापत्र बुझाउनेछन् । उहाँ आउनुभए भेटेर राजीनामा बुझाइनेछ, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु ।’ ९ साउन ०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको न...
राजीनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई देउवाको निर्देशन

राजीनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई देउवाको निर्देशन

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
१६ साउन, हेटौंडा । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन इन्कार गर्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन् । देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको बुढानीलकण्ठ स्रोतले बतायो । ‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’ देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएको लामानिकट स्रोतले बतायो । ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस...
कांग्रेसको संस्थागत निर्णय मान्ने एमालेको घोषणा, गठबन्धनको स्थायित्वको पक्षमा उभिने अडान

कांग्रेसको संस्थागत निर्णय मान्ने एमालेको घोषणा, गठबन्धनको स्थायित्वको पक्षमा उभिने अडान

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ साउन, हेटौँडा । बागमती प्रदेशमा विकसित राजनीतिक उतारचढावका बीच नेकपा एमालेले कांग्रेसको संस्थागत निर्णयलाई मान्ने औपचारिक धारणा सार्वजनिक गरेको छ। कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको विजयपछि बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा नदिने अडान लिएका बेला एमालेले यस्तो प्रतिक्रिया दिएको हो । मुख्यमन्त्री लामाले आफू गठबन्धनबाट निर्वाचित भएको र दलको नेता नहुँदा मात्रै पद नछोडिने जिकिर गरेका छन् । उनले दुई वर्षसम्म सरकार परिवर्तन गर्न नपाइने संविधानिक व्यवस्था औंल्याउँदै पदमा टिकिरहने अडान लिएका छन् । तर, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भने कांग्रेसभित्रको आन्तरिक विवादमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट गरेका छन् । “संसदीय दलको नेता परिवर्तन कांग्रेसको आन्तरिक विषय हो, त्यसमा हाम्रो कुनै चासो छैन,” थपलियाले भने, “हाम्रो चाहना...
मन्त्रिपरिषद्व बिस्तारको तयारी गर्दै मुख्यमन्त्री लामा

मन्त्रिपरिषद्व बिस्तारको तयारी गर्दै मुख्यमन्त्री लामा

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१४ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमै मन्त्री नियुक्ति गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । पाँचजना मन्त्री पद रिक्त भए पनि कति जनालाई मन्त्री बनाउने भन्नेमा मुख्यमन्त्री लामा सल्लाहमै रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्री बन्नेहरूको नामावलीमा तीन जनाको मात्रै सार्वजनिक भएको छ । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने जनाइएको छ। नियुक्त गरिएका सबै मन्त्रीहरूको आजै शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री लामा निकट स्रोतले जनाएको छ। यसअघि कांग्रेसबाट राजीनामा दिएका मन्त्रीह...
कांग्रेस संसदीय दलको नेता चयनको लागि हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

कांग्रेस संसदीय दलको नेता चयनको लागि हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन

बागमती प्रदेश, राजनीति, समाचार
१३ साउन, हेटौंडा । कांग्रेस बागती प्रदेश संसदीय दलको नेता चयनको लागि प्रक्रिया सुरु भएको छ । जसका लागि कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोललाई रहेका सदस्यमा चयन गरेको छ । समितिको आजै बस्ने बैठकले निर्वाचन कार्यतालिका निर्धारण गर्नेछ । संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार गर्ने बुझिएको छ । यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावको बिषयमा मंगलबार दिउँसो भएको मत व...
मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट पराजित

मुख्यमन्त्री लामा संसदीय दलको नेताबाट पराजित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएका छन् । मंगलबार प्रदेश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामा पराजित भएपछि अब उनीमाथि मुख्यमन्त्री पदबाट राजीनामाको दबाब बढेको छ। मत विभाजनमा लामाका पक्षमा १५ मात्र सांसद देखिए भने कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा २२ सांसदको बहुमत जुट्यो। कुल ३७ कांग्रेस सांसदमध्ये बहुमतले लामाविरुद्ध अविश्वास जनाएपछि उनी दलको नेतृत्व गुमाउन पुगेका हुन् । मुख्यमन्त्री परिवर्तनको तयारीस्वरूप कांग्रेसकै मन्त्रीहरूले अघिल्लो साता राजीनामा दिएका थिए। ९ साउनमा चार मन्त्रीले राजीनामा दिएका थिए भने सोमबार ऊर्जा, खानेपानी तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले पनि आफ्नो पद त्यागेका थिए । मुख्यमन्त्री लामाले आफ्नो विपक्षमा हस्ताक्षर गर्ने चार मन्त्रीलाई पदमुक्त गर्दै रिक्त मन्त...
संसदीय दलको नेता नभएपछि मुख्यमन्त्रीको वैधानिकता रहँदैनः कांग्रेस नेता राजन केसी

संसदीय दलको नेता नभएपछि मुख्यमन्त्रीको वैधानिकता रहँदैनः कांग्रेस नेता राजन केसी

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
११ साउन, हेटौँडा । नेपाली कांग्रेसको बिधान अनुसार संसदीय दलको नेता नभएको खण्डमा मुख्यमन्त्रीको वैधानिकता रहन नसक्ने बताएका छन् । बागमती प्रदेशको सत्ता संकटको चुलिँदो अवस्थामा रहेका बेला यहाँ दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया अगाडी बढाउन प्रदेश राजधानी आएका कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले अविश्वासको प्रस्ताव पास भए मुख्यमन्त्री बहादुरसिंह लामाको वैधानिकता समाप्त हुने स्पष्ट पारेका छन् । उनले प्रदेश संसदीय दलमा दर्ता गरिएको अविश्वास प्रस्ताव पास भए लामा मुख्यमन्त्री रहने नैतिक र संवैधानिक आधार सकिने दावी गरेका हुन् । ‘कांग्रेसको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट व्यवस्था छ । त्यसका आधारमा संसदीय दलको नेता विरुद्धको अविश्वजासको प्रस्ताव पारित भए बहादुरसिंह लामा मुख्यमन्त्री रहन सक्नुहुन्न,’ केसीले भने । कांग्रेस प्रदेश संसदीय दलका ३७ सांसदमध्ये २१ जनाक...
राजिनामा दिएका मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले गरे पदमुक्त

राजिनामा दिएका मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले गरे पदमुक्त

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
९ साउन, हेटौँडा । बागमती प्रदेश सरकारमा आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ । शुक्रबार कांग्रेसका तर्फबाट मन्त्री रहेका चार जनाले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले उनीहरूलाई पदमुक्त गरेका छन् । नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (२) को (ख) बमोजिम मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठलाई पदमुक्त गरेका हुन् । आफूलाई असहयोग गर्दै संसदीय दलको नेताविरुद्ध हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको उनको स्रोतको दावी छ । यसअघि शुक्रबार दिउँसो कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए । कांग्रेस संसदीय दलका ३...
बागमतीका मुख्यमन्त्री लामाको पद संकटमा, संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

बागमतीका मुख्यमन्त्री लामाको पद संकटमा, संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
९ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने उद्देश्यसहित पार्टीका २१ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार प्रदेश सभाको दलका सचिव कृष्णकुमार तामाङसमक्ष कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा अविस्वास प्रस्ताव बुझाइएको हो । संसदीय दलको अभिलेखअनुसार आर्थिक वर्ष ०८२र८३ को दर्ता नम्बर ०२ मा प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा भनिएको छ, ‘मुख्यमन्त्री लामाको नेतृत्वमा रहँदा न प्रतिपक्षको भूमिका प्रभावकारी रहन सक्यो, न त सरकारको नेतृत्व गर्दा परिणाम देखियो। यसले पार्टीको छवि गम्भीर रूपमा धुमिल भएको छ ।’ मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लोपटक फरक समीकरणमा दुईपटक सरकारमा रहेको कां...