मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप
२५ साउन, हेटौँडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् ।
विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ । दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
उनका अनुसार शनिबार दिउँसो ललितपुर भैँसेपाटीस्थित मुख्यमन्त्रीनिवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर...






















