राजनीति

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसद बर्तौलाको माग

Breaking News 2, ताजा अपडेट, थाहा, राजनीति, समाचार
१० भदौ, हेटौँडा । देशभरका विभिन्न २३ स्थानमा प्रशासनिक सेवा विस्तार गर्ने सरकारको निर्णयपछि उत्तरी मकवानपुरको थाहा नगर र मश्चिम मकवानपुरको मनहरी क्षेत्रमा पनि इलाका प्रशासन कार्यलय स्थापना गर्नुपर्ने बिषय उठेको छ । यसैबिच मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उत्तरी मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सांसद बर्तौलाले यस्तो आग्रह गरेका हुन् । उनले थाहा नगरपालिकासहित आसपासका गाउँपालिकाका बासिन्दाले प्रशासनिक सेवा लिन हेटौँडासम्म पुग्नुपर्ने बाध्यता रहेको भन्दै तत्कालै सुविधा सम्पन्न इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् । उनले देशभरका २३ स्थानमा प्रशासनिक सेवा विस्तार गरी जनतालाई सहज बनाउन सरकारले अघि स...
मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

मुख्यमन्त्रीको तलब भत्ताबाट सुमनसिंह चेपाङले पाउने भए नयाँ घर

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राक्सिराङ्ग, राजनीति, समाचार
१० भदौ, हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ इन्द्रुङका २६ वर्षीय सुमनसिंह प्रजा अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिंका दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका छन् । मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यलयमा अध्यक्ष मल्ला र सभापति जिम्बा लागएतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैं अघिनै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् । यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आफुले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइद...
चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

चेपाङ बसोबास क्षेत्रलाई स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न माग

कैलास, ताजा अपडेट, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
९ भदौ, हेटौँडा । बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्दै आएको क्षेत्रलाई ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेको छ। बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नेपाल चेपाङ संघ मकवानपुरले नेपालको संविधानले व्यवस्था गरेबमोजिम चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन माग गरेको हो। संघका मकवानपुर अध्यक्ष महेश कुमार चेपाङ नेतृत्वको टोलीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको संविधानको धारा ५६ ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नतिका लागि ‘चेपाङ स्वायत्त, विशेष वा संरक्षित क्षेत्र’ घोषणा गर्न सम्भाव्यता अध्ययन गरी नीतिगत व्यवस्था गर्न माग गरे। उनीहरुले ने...
१० लाख माथिका योजना टेन्डरमा लैजान्छौँः मुख्यमन्त्री बानियाँ

१० लाख माथिका योजना टेन्डरमा लैजान्छौँः मुख्यमन्त्री बानियाँ

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उपभोक्ता समितिमार्फत हुने काममा बढ्दो विकृति रोक्न अब १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर प्रक्रियामार्फत अघि बढाइने बताएका छन् । सोमबार निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री बानियाँले संसदबाट पारित निर्णयअनुसार १० लाखभन्दा माथिका सबै योजना टेन्डरमा लैजाने व्यवस्था लागू भएको जानकारी दिए । निर्माण व्यवसायीहरु ‘लो बिडिङ’को बाध्यताले कंगाल बन्न लागेको मुख्यमन्त्री बानियाँले बताए । उक्त विषयलाई रोक्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने उनको भनाई छ । ‘उपभोक्ता समितिको काममा समस्या देखियो । त्यसैले अब प्रदेशको १० लाखभन्दा माथिका सबै काम टेन्डरबाटै हुन्छ ।’ उनले भने, ‘सोही अनुसार मन्त्रालयहरुलाई टेन्डरको तयारी गर्न निर्देशन दिइएको छ ।' मुख्यमन्त्री बानियाँले न...
०८४ को चुनाव व्यक्तिगत हैसियतको होइन, जिम्मेवारीको हो : गगन थापा

०८४ को चुनाव व्यक्तिगत हैसियतको होइन, जिम्मेवारीको हो : गगन थापा

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
९ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र डर, लोभ र अन्योलको मानसिकता त्याग्नुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीले २०८४ सालको निर्वाचनलाई व्यक्तिगत हैसियतको दृष्टिले भन्दा राष्ट्रप्रतिको जिम्मेवारीका आधारमा लिनुपर्ने बताए। 'यो बेला कांग्रेसले सबैभन्दा पहिले ०८४ मा मेरो अवस्था के होला भन्ने मानसिकता त्याग्नुपर्छ,' उनले भने, ,'प्रधानमन्त्रीको आलोपालो भन्ने ओलीजीको कुरा पनि बिर्सिनुपर्छ, त्यो बाटो हाम्रो लागि होइन ।' थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाउने आलोपालो सरकारको प्रसंगलाई कांग्रेसले अनावश्यक रूपमा गम्भीरतापूर्वक नलिनुपर्ने धारणा राखे। 'उहाँले पद छाड्नुहुन्छ कि हुन्न भन्ने अन्योलमा बस्न जरुरी छैन,' थापाले स्पष्ट पारे । उनले कांग्रेसले आफ्नो भूमिकालाई स्पष्ट पार्दै लोभ, डर र अन्योलबाट बाहिर निस्कन ...
रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्ने मुख्यमन्त्री बानियाँको घोषणा 

Breaking News 2, कैलास, ताजा अपडेट, थाहा, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
८ भदौ, हेटौंडा । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरुसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासंग सिमाना जेडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् । थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी ‘रुपचन्द विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ । सो कार्य थाहा नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरुको पूर्ण सहमति...
मुख्यमन्त्री बानियाँको प्रतिबद्धतास् ‘भोटको सम्मान गर्दै जनमुखी काम गर्छु’

मुख्यमन्त्री बानियाँको प्रतिबद्धतास् ‘भोटको सम्मान गर्दै जनमुखी काम गर्छु’

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
४ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी, गरिबमुखी, न्यायमुखी र आयमुखी काम गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्लको मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष कार्यक्रममा सहभागी हुँदै बानियाँले आफू निर्वाचित भएको क्षेत्रको समग्र विकासमा दृढताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभयो । म तपाईंहरूको विश्वासकै कारण आज मुख्यमन्त्री बन्न सकेको हुँ, उनले भने, ुअब यो वा त्यो पार्टी नभनी सबै जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर काम गर्छ । कार्यक्रममा बानियाँले लामिटार–चकरी–मकरी सडकलाई कालोपत्रे गर्ने विशेष प्राथमिकताको कामका रूपमा अघि बढाउने बताए । साथै, पुल, सडक र अन्य पूर्वाधार विकासमा आफूले सक्रियता देखाउने आश्वासनसमेत दिए । मह...

निवास र कार्यालय खर्चमा ५० प्रतिशत कटौती गर्ने मुख्यमन्त्री बानियाँको घोषणा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीनिवास र कार्यालयमा हुने सुविधाबापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीनिवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोबस्तीबापतको खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका हुन्। आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहितासहित काम गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे। मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा–सुविधाबापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाउने प्रतिबद्धता गरे। ‘जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखीतर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहनेछ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ,’ उनल...
बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर २० साउनमा मुख्मयन्त्री बनेका बानियाँले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा ६३ र विपक्षमा २२ मत पर्‍यो । विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँलाई कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले मत दिए । कांग्रेस सांसद रामकृष्ण चित्रकार विदेश रहेकाले उनी अनुपस्थित रहे । ११० सदस्यीय बागमती प्रदेश सभामा मंगलबार ९२ जना सांसद मात्रै उपस्थित थिए । सात सांसद तटस्थ र १८ सांसद अनुपस्थित भए । प्रदेश सभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका कुनै पनि सांसद उपस्थित भएनन् । एमालेसँगको सहमतिअनुसार करिब आठ महिनाका लागि मुख्यमन्त्री बनेका बानियाँले प्राप्त समयमा अधिकतम जनताको...
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेले पनि लगायो ह्विप

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेले पनि लगायो ह्विप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२५ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिलाउन नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै आगामी साउन २७ गते बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८९४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३९१० अनुसार विश्वासको मत लिने कार्यसूची तय भएको छ। बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई समयमै उपस्थित हुन भनिएको छ। यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ। शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव ...