Author: Hetauda live

चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१२ चैत, हेटौँडा । नेकपा एमाले निकटको पत्रकार संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी र आयोग सदस्य गरी मकवानपुरका ६ जनाले जिम्मेवारी पाएका छन् । विराटनगरमा सम्पन्न भएको चौतारीको १० औं राष्ट्रिय महाधिवेशबाट गठित गणेश पाण्डे नेतृत्वको कमिटीमा मकवानपुरका ६ जनाले विभिन्न जिम्मेवारी पाएका हुन् । प्रेस चैतारी नेपाल मकवानपुका अध्यक्ष सरिता दाहलका अनुसार केन्द्रीय कमिटीको खुला सदस्यतर्फ मकवानपुरका दिपेन्द्र रोक्का र धर्मेन्द्र दाहाल केन्द्रीय सदस्य बनेका छन् । यस्तै समाजवादी प्रत्रकार संगठन र प्रेस चौतरी नेपालको एकता प्रक्रियाबाट शिवकुमार रिजाल ‘काशी’ तथा भुगोलतर्फ बागमती प्रदेशबाट पुष्पराज अधिकारी केन्द्रीय सदस्य भएका हुन् । अध्यक्ष दाहालका अनुसार प्रेस चौतरी नेपालको अनुशासन आयोग सदस्यमा उज्वल अधिकारी र लेखा आयोग सदस्यमा आरती ढकालले पनि जिम्मेवारी पाएका छन् । प्रेस चौतारीको अध्यक्षमा गणे...
कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१२ चैत, हेटौँडा । सरकारले बदनियतपूर्ण ढंगबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलाई हटाएको भन्दै हेटौँडामा पनि प्रदर्शन गरिएको छ । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्वमा हेटौँडामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले हातमा ममबत्ति र टुकि बत्ति बालेर प्रदर्शन गरेका थिए । सरकारले बदनियत राखेर कुलमानलाई पदबाट हटाएको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले तत्काल सरकारको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सत्ता साझेदार दलहरु एमाले र कांग्रेस हुनुपर्ने चेतावनी समेत दिएका छन् । हेटौँडाको सिमाचोकबाट नारा जुलुस गर्दै निस्किएका उनीहरुले विद्युत माफियाका चंगुलमा फसेर सरकारले उज्यालो नेपालका नायक कुलमानलाई हटाइएको उनीहरुले आरोप लगाएका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहर...
चेपाङ बाहुल्य राक्सिराङका सबै वडामा बिजुली पुग्यो

चेपाङ बाहुल्य राक्सिराङका सबै वडामा बिजुली पुग्यो

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, समाचार
११ चैत, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पु¥याइएको हो । गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पु¥याइएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा ०७६÷७७ देखि ...