मकवानपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते
१६ चैत, हेटौँडा । मकवानपुरमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र ११ जना घाइतेभएका छन् । हेटौँडा उपमहानगरपालिका–१९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरको चालकको मृत्युभएको छ।
हेटौँडा १९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टतर्फ जाँदै गरेको बा।प्र।२–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक पर्सा जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै, भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेक...























