समाचार

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना गर्न लागेको छ। आइतबार हेटौंडा–४ स्थित हुप्राचौरमा हुने उक्त अवार्ड समारोहको बारेमा बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। कार्यक्रमबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारहरुको योगदानको सम्मान गर्न प्रदेशले यो पहल थालेको बताए। उनले प्रदेशबाट प्रतिभावान खेलाडीको विदेश पलायन रोक्न तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन दिन अवार्ड कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। अवार्ड समारोहमा वर्षका उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, युवा खेलाडी, लोकप्रिय खेलाडी, उत्कृष्ट खेल पत्रकार, ‘बागमती खेलकुदको शान’ तथा ‘लाइफटाइम एचिभमेन्ट’ गरी आठ विधामा १२ जना व्यक्तित्वलाई सम्मान गरिनेछ। मन्...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३३ रुपैयाँ घटाउने निर्णय भएको छ । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२र१ सय ४२ रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

Breaking News 2, अर्थ, ताजा अपडेट, बकैया, समाचार
३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा पुगेसँगै बंजर जमिनमा खेती गर्न सकिने भएपछि त्यहाँका किसानहरू निकै खुशी भएका छन् । खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाई सुबिधा पुगेपछि उनीहरु खुशी भएका हुन् । आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसानहरू अब वर्षै भरि खेती गर्न पाउने आशामा छन् । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाईको सुविधा भएपछि अन्नबालि मात्र नभई मौसम अनुसकारका तराकारीसँगै र बेमौसमी तरकारी समेत उत्पादन गर्न सकिने बताए । सिँचाईको सुविधा भएपछि यहाँका स्थानीयको आयआर्जनको स्रोत पनि बृद्धि हुने उनको विश्वास छ । बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने बताइएको छ । भूमिगत सिँ...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

Breaking News 1, अर्थ, इन्द्रसरोवर, कैलास, ताजा अपडेट, थाहा, बकैया, बागमती, भीमफेदी, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार, हेटौँडा
१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकामा रहेको छ। बकैया गाउँपालिकाको बेरुजु प्रतिशत ०.६० मात्र रहेको छ, जुन जिल्लाभरकै सबै स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। दोस्रो स्थानमा ०.७५ प्रतिशत बेरुजुका साथ राक्सिराङ गाउँपालिका रहेको छ। त्यसैगरी, थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० पुगेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि २.३३ प्रतिशत बेरुजु रहेको हेटौँडा उपमहानगरपालिका दोस्रो स्थानमा पर्छ । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वर्षेनि बेरुजु रकम बढ्दै गएको र वित्तीय पारदर्शिता तथा अनुशासनमा कमजोरी देखिएको औँल्याएको छ। यस्तो अवस्था...
संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएनः मुख्यमन्त्री लामा

संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएनः मुख्यमन्त्री लामा

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
३१ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनमा अवरोध भएको बताएका छन्। हेटौँडामा आयोजना भएको युवा सम्मेलनअन्तर्गत मंगलबार आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा लामाले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताए। मुख्यमन्त्री लामाका अनुसार उद्योग, वाणिज्य, आर्थिक विकास तथा उद्यमशीलताजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रदेशको अधिकार सीमित हुँदा प्रदेश सरकारले चाहेजस्तो काम गर्न नसकेको हो। ‘हामीले प्रदेशको विकासका लागि नयाँ नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने हो, तर हामीसँग स्रोत सीमित छ,’ उनले भने, ‘सँगसँगै संघको स्वीकृतिविना कुनै काम अघि बढाउन नसक्दा पनि हामीलाई कतिपय अवस्थमा काम गर्न समस्या छ।’ ‘...
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
३० बैशाख, हेटौँडा । १० बुँदे घोषणापत्र जारी गर्दै २८ वैशाखबाट सुरु भएको तीन दिने बागमती प्रदेश युवा सम्मेलन मंगलबारबाट सकिएको छ। विभिन्न ६ शीर्षकमा प्यानल छलफल गरी सम्मेलनमा उठेका विषयहरूबाट १० बुँदा घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो। मंगलबारसम्म चलेको सम्मेलनमा शिक्षा, सिप, उद्यामशीलता र नीति नेतृत्वको विषयमा बहस भएको थियो। ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने मूल नारासहित हेटौँडामा भएको सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सिप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवालगायतका विषयमा विज्ञहरूसहित प्यानल छलफल गरिएको थियो। सम्मेलनले युवाहरूमा रहेको नवीनतम सोचलाई आर्थिक लाभसँग जोड्न तीन तहको सरकारको समन्वयन र निजी क्षेत्र...
संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थीको निर्वाचन

संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यार्थीको निर्वाचन

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
३० बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालीका वडा नम्बर २, संगमचोक स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थिहरुले मतदान प्रक्रियाबाट आफ्नो बिद्यालयको क्याप्टेन र भाइस क्याप्टेन तथा हाउसको क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । क्याप्टेन चयन गर्दा अपनाइएको निर्वाचन प्रक्रियाले कुनै आवधिक वा स्थानीय तहको निर्वााचनको झल्को दिएको थियो । विद्यार्थीहरुले अध्ययन गर्ने सामाजिक शिक्षमा निर्वाचन प्रक्रियाका बारेमा पढ्नै पर्ने र व्यवहारीक ज्ञान समेत हुने भएपछी बिद्यालयले विद्यार्थीहरुबिच क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन प्रक्रयिा अपनाएको वद्यिालयका अतरिक्ति क्रयिाकलाप संयोजक प्रितेशकुमार कलवारले जानकारी दिए । बिद्यालयमा विद्यार्थीहरुको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा पनि हुने र बिषयगत ज्ञान पनि हुने भएकाले निर्वाचन प्रक्रिया अपनाइएको उनको भनाई छ । यसअघी विद्यालय प्रशसान आफै...
लोमान्थाङ घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

लोमान्थाङ घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
३० बैशाख, हेटौँडा । काठमाडौं, वैशाख ३० – नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ ले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटलाई मुख्य विषय बनाएर १९ बुँदे घोषणापत्र जारी गर्दै समापन गरेको छ। सम्मेलनले प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिँदै दक्षिण एशियाली मुलुकहरूमा डिजिटल स्पेस नियमनको नाममा भइरहेका आक्रमणको प्रतिकार आवश्यक रहेको उल्लेख गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वैशाख २७ गते काठमाडौंमा उद्घाटन गर्नुभएको सम्मेलन पोखरा हुँदै मुस्ताङको लोमान्थाङमा पुगेर मंगलबार सम्पन्न भएको हो। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सम्मेलनले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, जलवायु संकटको सामना तथा मुस्ताङ–लोमान्थाङ क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो। “लोकतन्त्र विकासक...
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
३० बैशाख, हेटौँडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म ९१९ दिन० बन्द गरिने भएको हो । १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औंल्याएको हो । बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरीगाउँमा लापरवाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ। विभागका महानिर्देशक मोनिका झाले दिएको जानकारीअनुसार, जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिङ्कहोल (कष्लपजयभि) निर्माण भएको हो। भासिएर बोलेरो गाडी नस्ट हेटौँडा–१६ र १७ को सीमास्थित सडकमा चलिरहेको ना४च ४८३३ नम्बरको बोलेरो गाडी वैशाख २१ गते अचानक जमिनसहित भासियो। चालक हरेराम राई र सहचालक सकुशल बच्न सफल भए पनि गाडी भने गहिरो खाल्डोमा पुतेको अवस्थामा छ। ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज