समाचार

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध हालै चालिएको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला सभापती बुद्ध लामाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्य गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनमाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ । जिल्ला सभापति बुद्ध लामा द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी गरिएको अनुसन्धानप्रति आपत्ति जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्त विपरीतका गतिविधि अस्वीकार्य हुने स्पष्ट पारिएको छ । कांग्रेस मकवानपुरले लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू विरोधमा उत्रिएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङबाट र्‍याली निकाल्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए । प्रदर्शनकारीले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै व्यवस्थापनको मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रशासनमार्फत बुझाएका छन्। नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘उठीवास होइन, व्यवस्थापन गर’ भन्ने माग अघि सारेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख वसन्त अधिकारी र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई ज्ञापानपत्रसमेत बुझाएका हुन् । सरकारले केही दिनदेखि काठमाडौं उपत्यकाका अतिक्रमित बस्ती खाली गर्न थालेपछि गृह मन्त्रालयले अन्य जिल्लामा पनि लगत संक...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स क्लबले काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। टाइब्रेकरमा प्लानिङ ब्वाइजका कप्तान फागुराम थारू र शिशिरले मात्र गोल गर्न सके भने प्रतापसिंह राई, पुजन थापा र निङमा घिसिङका प्रहार असफल भए। यता फ्रेन्ड्स क्लबका सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दीपेश गुरुङले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए। कप्तान रुपेश केसी र योगेश गुरुङका प्रहार भने गोलमा परिणत हुन सकेनन्। खेलमा उत्कृष्ट ...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका छन्। धादिङको रोराङ बेनीघाट गाउँपालिका– ४ सँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रका महिला यसअघि सुत्केरी गराउन घण्टौँ पैदल यात्रा गरेर वडा नम्बर १ को वरभन्ज्याङ वा मनहरी, हेटौँडासम्म पुग्नुपर्ने बाध्यता थियो। प्रसूति केन्द्र सञ्चालनसँगै उक्त समस्या अन्त्य भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यअनुसार वडा नम्बर २ मा प्रसूति सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो निवास तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफू लामो राजनीतिक यात्रापछि हाल प्रदेश सरकारको प्रमुखका रूपमा जनताको सेवामा रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्। ‘सार्वजनिक खर्च कटौती र आर्थिक मितव्ययिताका लागि निरन्तर प्रयासरत रहेको तथा योजना र बजेटमा पारदर्शिता कायम गरिएको छ,’ उनले उल्लेख गरेका छन्। बानियाँले राज्यका ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ। विभागको टोलीले काठमाडौं र हेटौँडास्थित घर र कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको जनाएको छ। यद्यपि, विभागले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। मुख्यमन्त्री बानियाँ पक्षबाट पनि यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथले चर्च ब्वाइजलाई २–१ गोलले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको ११औँ मिनेटमा सुशन मगरले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर, बागमती युथले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो । खेलको २८औँ मिनेटमा अनिष महर्जनले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए । निर्धारित समय सकिनै लाग्दा ८८औँ मिनेटमा कप्तान आयुष मगरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै बागमतीलाई जित दिलाए । खेलमा उत्कृष्ट ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सशस्त्र प्रहरी बल एपिएफक्लबलाई २–१ गोलले पराजित गरेको हो । चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो। एपिएफका बुद्धिमान राईले ४७औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए पनि चित्लाङका एरोन थापाले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका लक्ष्मण थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जितसँगै चित...
टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१८ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सिमराको नवजनजागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै नवजनजागृतिले अन्तिम चारको यात्रा तय गरेको हो । शुक्रबार बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको सुरुवातमै आक्रामक देखिएको आर्मीले आठौँ मिनेटमा कप्तान भरत खवासको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता जोगाएको आर्मी दोस्रो हाफमा दबाबमा पर्‍यो। खेलको इन्जुरी समयमा नवजनजागृतिले बराबरी गोल फर्कायो। दोस्रो हाफको अतिरिक्त समयको ९३औँ मिनेटमा सन्तोष गोङ्बाले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएपछि मैदानमा रोमाञ्चकता थपिएको थियो।...
बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युथको जित

बागमती गोल्डकपः उद्घाटन खेलमा बागमती युथको जित

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१७ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजकमाथि प्रभावशाली जित निकाल्दै सर्लाहीको बागमती युथ क्लबले प्रतियोगितामा सशक्त सुरुवात गरेको छ। बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई ३–० गोल अन्तरले हराएको हो। खेलको ३१औँ मिनेटमा सुजन गुरुङले टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको बागमती युथले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। बागमती युथले आक्रामक खेल प्रस्तुत गर्ने क्रममा ६८औँ मिनेटमा राजु लो र ७१औँ मिनेटमा अनिष महर्जनले थप गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुजन गुरुङ ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बागमती युथ क...