
सोमबारको जेन–जीको आन्दोलन र युवाको रगतले रक्तरञ्जित सरकार
स्वतन्त्र विचार
२३ भदौ । सोमबारको दिन नेपाली राजनीतिक इतिहासमा अर्को दुःखद दिनका रूपमा अंकित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार र कुशासनको अन्त्यको माग गर्दै सडकमा उत्रिएका जेन–जी पुस्ताका युवाहरूले सुशासन, पारदर्शिता र समान अवसरको माग गरे । तर माग सुन्नुपर्ने सरकार स्वयं उनीहरूका रगतमा रंगिन पुग्यो ।
सरकारले शान्तिपूर्ण आन्दोलनलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सक्थ्यो । तर त्यो मार्ग रोजिएन। दमनको बाटो रोजियो । परिणाम स्वरूप १९ युवा नागरिकले ज्यान गुमाए भने सयौं अस्पतालको बेडमा छटपटाइरहेका छन् । मुलुकले यति ठूलो मूल्य तिर्नु परे पनि सरकारले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन ।
गृहमन्त्रीले राजीनामा दिए, तर के यति नै पर्याप्त हौ? जिम्मा केवल गृहमन्त्रीकै हो त? प्रधानमन्त्रीदेखि सत्तारूढ दलका शीर्ष नेतासम्म नैतिक रूपमा उत्तिकै जिम्मेवार हुनुपर्ने हो, तर उन...