राजनीति

बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो । चैतसम्म बजेट खर्च दर न्यून भएसँगै अन्तिम ३ महिनामा प्रदेश सरकारमाथि दबाब बढेको हो । चालु आर्थिक वर्ष कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले ९ महिनामा जम्मा ३२.५१ प्रतिशतमात्र खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको हो । यसअघि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ९ महिनामा कुल बजेटको ४४.४२ प्रतिशत खर्च गरेको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ...
तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन् । नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए । मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए । बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निक...
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
११ वैशाख, हेटौँडा । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।” निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०सहितको सहभागितामा भएको ज...
राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका ७ जना छुटे

राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका ७ जना छुटे

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
७ वैशाख, हेटौँडा । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन् । आइतबार दिउँसो पक्राउ परेका उनीहरू झन्डै ४ घण्टापछि छुटेका हुन् । प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई सिंहदरबार र अन्य तीन जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको थियो ।...
हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेका युवालाई नियन्त्रणमा लिएको भन्दै सपर्थकद्वारा प्रदर्शन

हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेका युवालाई नियन्त्रणमा लिएको भन्दै सपर्थकद्वारा प्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
४ चैत, हेटौँडा । ३१ चैतमा हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जना युवालाई विनाशर्त रिहा गर्नुपर्ने भन्दै समर्थकहरुले हेटौँडामा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यलय मकवानपुर अगाडी पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ । उनीहरु आफै बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ६ जना युवाहरुले ३१ चैतमा हेटाँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए । यस्तै उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड...
हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि संलग्नहरुलाई प्रतिष्ठानद्वारा कारबाहीको माग

हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि संलग्नहरुलाई प्रतिष्ठानद्वारा कारबाहीको माग

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, स्वास्थ्य
३१ चैत, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने भन्दै युवाहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएपछि उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । प्रतिष्ठानले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै प्रतिष्ठानको बोर्ड तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको हो । हेटौँडा अस्पतालपरिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेशकुमार लम्साल र रजिस्टार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुनविपरीत भएको उल्लेख गरिएको छ । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चाल...
पर्साको बीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन

पर्साको बीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
३० चैत, हेटौँडा । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो । त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रमशः ७०र७५ राउन्ड अश्रुग्याँस प्रहार गरेको अर्याले जानकारी दिएका छन् । झडपमा १२ सर्वसाधारण घाइते भएका छन् । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ । झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । ह...
बीरगञ्जमा कर्फ्यु आदेश जारी

बीरगञ्जमा कर्फ्यु आदेश जारी

Breaking News 1, राजनीति, समाचार
३० चैत, हेटौँडा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । बीरगंजमा शनिवार बिहान हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा छपकैया चोक अगाड़ी हिन्दू र मुस्लिम समुदायबिच झडप हुँदा बिरगंजको अवस्था तनावग्रस्त बनेको छ । झडपका कारण लजिज बिरयानी लगायत केहि पसलहरमा आगजनी समेत भएको छ ।...
पत्रकार हत्याको निष्पक्ष छानवीन होसः पत्रकार महासंघ मकवानपुर

पत्रकार हत्याको निष्पक्ष छानवीन होसः पत्रकार महासंघ मकवानपुर

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२९ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले गत १५ चैतमा काठमाडौंको तिनकुनेमा भएको पत्रकार हत्याको निष्पक्ष छानवीनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानवीनको माग गर्दै ध्यानाकर्षण गराएको हो । महासंघले आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवन कुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानवीन गर्न महासंघ मकवानपुरले माग गरेको छ । तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको महासंघको ठहर छ । ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानवीन गरी दोषि माथि कार...
दुर्गा प्रसाईंमाथी अनुसन्धान गर्न १२ दिन म्याद थप

दुर्गा प्रसाईंमाथी अनुसन्धान गर्न १२ दिन म्याद थप

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२९ चैत, हेटौँडा । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंमाथी अनुसन्धान गर्न १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो । न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै तोडफो...