शिक्षा

२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
१० फागुन, हेटौँडा । त्रिभुवन विश्वविद्यालयले २०५४ साल यता पहिलोपटक परीक्षामा सहभागी भएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि मौका परीक्षाकाको अवसर दिएको छ । पढाइ अगाडि बढाउन नसकेकाहरू त्रिविको यो निर्णयबाट खुसी भएका छन् । तर यसको मान्यता, परीक्षा र प्रश्नपत्रको बारेमा भने विद्यार्थीको बुझाइ फरक देखिएको छ । काठमाडौँ बल्खुमा रहेको त्रिभुवन विश्व विद्यालय परिसरमा हिजोआज निकै चहलपहल देखिएको छ । उनीहरू परीक्षाको फारम भर्न विश्व विद्यालय पुगेका हुन् । त्रिविले वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो अनि स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूको लागि मौका दिन लागेको हो । परीक्षाको बेलामा आएको स्वास्थ्यदेखि अरु भ...
युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

अर्थ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए । बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए । ‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’ मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको...
वक्तृत्वकलामा बंशगोपालका सज्जित लामिछाने प्रथम

वक्तृत्वकलामा बंशगोपालका सज्जित लामिछाने प्रथम

शिक्षा, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन । समूहले अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा सालक संरक्षणमा सरोकारवालाहरुको जिम्मेवारी र भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन । प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर द्वितीय र बंशगोपाल बहुमुखी क्याम्पसकि पूजा लम्साल तृतिय भएका छन । हेटौडा – ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रुपेश दुलाल र नानी माया रुम्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, सुनौलो आयआर्जन महिला समूहकी अ...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मनोरञ्जन, शिक्षा, समाचार
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

सुदूरपश्चिमकै पहिलो महिला सवारी चालक सम्मानित

ताजा अपडेट, शिक्षा
महेन्द्रनगर–सुदूरपश्चिमकी पहिलो महिला सवारी चालक रविना चन्दलाई सम्मान गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक सवारी चालक रविना चन्दलाई सम्मान गरेको हो ।     नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीको सभापतित्व एवं नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित खादामाला र अविर टिका लगाएर सम्मान गरएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डम्बरराज पन्तले रविनालाई दिका र खादा लगाएर सम्मान पत्र प्रदान हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पन्तले सुदूरपश्चिममा सार्वजनिक यातायातका सवारी चालक एक प्रतिशत रहेकोमा बि क्याटेगोरीको...
पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

पठनपाठन सञ्चालन गर्न माग गर्दै विद्यार्थी

शिक्षा
काठमाडौँ । काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थी प्लेकार्ड सहित पठनपाठन सञ्चालन गर्न माग गर्दै आन्दोलनमा । यसअघि सञ्चालन हुँदै आएको अनलाईन पठनपाठन कलेज प्रशासनले विगत ४१ दिनदेखि बन्द गरेपछि आफूहरुको भविष्य अन्योलमा पर्ने भन्दै छिटो कक्षा सञ्चालन गर्न माग गरेको हो । ...
कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

शिक्षा
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ । अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो । ...
खाँडाचक्रका नगरपालिका कालिकोटमा  विद्यालय सञ्चालनमा

खाँडाचक्रका नगरपालिका कालिकोटमा विद्यालय सञ्चालनमा

शिक्षा
काठमाडौँ । खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागारइंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।”यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर...
विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्। ‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।...