इद उल फितरको आवसरमा सोमबार सार्वजनिक बिदा
१७ चैत, हेटौँडा । इद उल फितरको आवसरमा सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्येको एक इद उल फितरको अवसरमा सर्वाजनिक बिदा दिने निर्णय गरेको हो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा)को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहने प्रचलन छ। जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।
नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । यस दिन नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान ...























