
कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र
१३ चैत, हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नियुक्त भएका शिक्षकहरुलाई पदस्थापन गरेको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्दै उनले विद्यार्थीहरुलाई किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई दिन पनि आग्रह गरे । ‘विकट क्षेत्रमा बसेर काम गर्नु चुनौतिसँगै अवसर पनि हो,’ उनले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ ।’
विकट गाउँपालिकामा जिम्मेवारी लिएको भन्दै संकुचित भएर नबस्न गाउ...