
बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालेको ५औं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् ।
उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू ५औं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारराति ११ः५९ बजेबाट अन्त्य हुनेछ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत जम्मा ४ दिनमा जम्मा ६ वटा बैठक बसेको छ ।
यस्तै १९ चैतमा बोलाइएको प्रदेश सभाको बैठक दलहरुबिचको असमझदारीका कारण दुईपटकसम्म सरेर अत्य गरिएको छ । बुधबार बिहान बसेका बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । संसद बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछी संसद प्रभावित भएको थियो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक म...