झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने
१० फागुन, हेटौँडा । मकवानपुरको बकैयामा क्रियाशिल अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले ३१३ औं साहित्य ऋंखला एवं ३२ औं वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्वस २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ ।
झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले फागुन १६ र १७ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विभिन्न कार्यक्रमसँगै सम्मान समर्पण कार्यक्रम गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन लगाएतका कार्यक्रम गरिने छ ।
झरनाका सचिव मसान उपासकले यसवर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्व...


















