एसईईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
२० चैत, हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक एसइई परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ चैत २० गते बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ मा बस्दै आएका तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १७/१८ वर्षीय बिराज विक रहेका छन् ।
प्रहरीले जनाएको अनुसार विकले मकवानपुर हेटौँडा–१२ पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा करिब १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखेर परीक्षा दिन आएको प्र...























