बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो ।
चैतसम्म बजेट खर्च दर न्यून भएसँगै अन्तिम ३ महिनामा प्रदेश सरकारमाथि दबाब बढेको हो । चालु आर्थिक वर्ष कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले ९ महिनामा जम्मा ३२.५१ प्रतिशतमात्र खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको हो । यसअघि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ९ महिनामा कुल बजेटको ४४.४२ प्रतिशत खर्च गरेको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ...























