राजनीति

दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइयो

दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइयो

Breaking News 1, samachar, ताजा अपडेट, राजनीति
२९ चैत, हेटौंडा । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं पुर्‍याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन ने...
दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ

दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२८ चैत, हेटोँडा। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । राजावादीको आन्दोलनका कमाण्डर रहेका प्रसाईँलाई नेपाल प्रहरीले खोजी गरिरहेको थियो । १५ गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको योजनाकार प्रसाईँ रहको निक्र्योल गरिएको छ । उक्त घटनमा पत्रकार सुरेश रजकको जलेर र सविन मर्हनको प्रहरीको गोली लागेकार मृत्यु भएको थियो । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो । समाचार अ...
बैशाख १५ भित्र कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिसक्नुपर्ने

बैशाख १५ भित्र कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरिसक्नुपर्ने

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२८ चैत, हेटौँडा । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि १५ दिनको म्याद थप गरेको छ । यसअघि चैत मसान्त भित्रै सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिइएको थियो । विभिन्न जिल्लामा विवादका कारण समय थप गरिएको हो । अब वैशाख १५ गतेभित्र सदस्यता नविकरणको काम सक्नुपर्ने छ । महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै थपिएको म्यादमा सदस्यता नवीकरण पूरा गर्न निर्देशन दिएका छन् । यसपटक क्रियाशील सदस्यता नवीकरणको लागि दुई सय रुपैयाँको शुल्क निर्धारण गरिएको छ । नेपाली काँग्रेसको महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता नवीकरणको महत्वपूर्ण भूमिका रहने हुँदा थापाले पार्टीका नेताहरूलाई समयमै सदस्यता नविकरण नगरे महाधिवेशनमा समस्याको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टीको महाधिवेशन अरु पार्टीसँग एकता गरेर सार्न नमिल्ने पनि स्पष्ट पारेका छन् । बिही...
रानी सामुदायिक वनका पदाधिकारीले दिए शपथ

रानी सामुदायिक वनका पदाधिकारीले दिए शपथ

Breaking News 2, राजनीति, समाचार, हेटौँडा
२७ चैत, हेटौडा । हेटोँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन । निर्वाचन समितिका संयोजक अर्जुनप्रसाद चौलागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । चैत २३ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा केशव धिताल, उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ, सचिवमा अमुना सापकोटा, सहसचिवमा हेम बहादुर योञ्जन र कोषाध्यक्षमा गोमा लामिछाने निर्वाचित भएका थिए । यसैगरि सदस्यहरुमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चौलागाई, केदारप्रसाद अधिकारी, बाबुराम तामाङ, अनिता बुढाथोकी, लक्ष्मीदेवी श्रेष्ठ, जोगमाया राई र विष्णु विश्वकर्मा निर्वाचित भएका थिए । हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । क...
बागमती प्रदेश: आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु

बागमती प्रदेश: आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रिया सुरु

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिनुपर्ने विषयमा सुझाव पेस गर्न प्रदेशका मन्त्रालय, मातहतका कार्यालय र संवैधानिक आयोगहरूलाई पत्राचार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रालय र मातहतका कार्यालयहरूलाई १० वैशाखसम्म सुझावमा पेस गर्न भनिएको छ । सुझावमा प्रदेशको दोस्रो आवधिक योजना, नेपालको चालू सोह्राैँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य, संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्तहरू, राज्यका नीतिहरू, राज्यको दायित्वलगायत विषयमा केन्द्रित हुन भनिएको छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विगतको तुलनामा आगामी बजेट कार्यक्रम निकै व्यवस्थित र सम्मुनत हुने दाबी गरेका छन् । उनले बजेट परिचालनको चलखेल अन...
बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

बागमती प्रदेशको हिउदे अधिवेशन: चार दिनमा ६ बैठक, एउटा विधेयक पारित, चारवटा संशोधन विधेयक अलपत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२४, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन एउटा मात्र विधेयक पारित गर्दै अन्त्य भएको छ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन चैत २० गते रातिबाट अन्त्य भएको हो । २० गते बुधबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । यसअघि १९ चैतमा बोलाइएको प्रदेश सभा बैठक दलहरूबिचको असमझदारीका कारण दुईपटकसम्म स्थगित गरिएको थियो । यस अवधिमा चार दिनमा ६ वटा बैठक बसेको प्रदेश सभाले थप कुनै काम गर्न नसकेको सचिवालयले जनाएको छ । बागमती प्रदेश सभाको २६ माघमा बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सर्वसम्मत पारित गरेको थियो । अन्य चारवटा संशोधन विधेयक दफावार छलफलका लागि विषगत समितिमा पठाएको थियो । प्रदेश...
रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

रास्वपाको ‘जनयात्रा’ चिवतनबाट घण्टी बजाएर शुभारम्भ

ताजा अपडेट, राजनीति, समाचार
२३ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रबाट पार्टीको जनयात्रा सुरु गरेको छ । भारतपुर महानगरपालिका वडा नम्बर १० स्थित गेष्टहाउस चैरमा आयोजित सभामा नेताहरुले पाटीको चुनाव चिन्ह घण्टी बजाएर पार्टीको ‘जनयात्रा’को शुभारम्भ गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चिवन सभापति कृष्णप्रसाद भषालको अध्यक्षतामा जारी सभामा पार्टीका केन्द्रीय उपासभापति एवं संघीय सांसद डा. स्वर्णीम वाग्ले, कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटी, संदीय दलका उपनेता एवं जनयात्रा कार्यक्रमका संयोजक विराजभक्त महर्जन, सांसद हरि ढकाल, शिव नेपाली, लक्ष्मी तिवारी, केन्द्रीय सदस्यहरु राजन गौतम, ध्रुव गिरी, सविना विक, कुसुम महर्जन, प्रदेशका सभापति डा. अच्युतम लामिछाने लगाएतको कार्यक्रममा उपस्थिति रहेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आजबाट सुरु भएको जनयात्रामा पार्ट...
रास्वपाका सभापति लामिछाने पक्राउ

रास्वपाका सभापति लामिछाने पक्राउ

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२२ चैत, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।...
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले पौडेललाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार प्रदेश सभाको सचिवमा नियुक्त गरेका हुन् । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । उनलाई प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सचिव पौडेलले बुधबार नै पदभार समेत ग्रहण गरेका छन् । यसअघि पौडेल प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत रहेका थिए । उनले उक्त पदबाट १७ चैतमा राजिनामा दिएका थिए । राजिनामा स्विकृत भएसँगै पौडेललाई बागमती प्रदेश सभाको सचिवमा नियुक्त हुन बाटो खुलेको थियो । संघीय संसदमा १७ वर्ष सेवा ...
बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरुले सरकार संसद प्रति गैरजिम्मेवार र असफल सावित भएको दावी गरेका छन् । प्रदेशसभाको बैठक आह्वान भइरहदाँ सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले सरकार गैरजिम्मेवार र असफल भएको दावी गरेका हुन् । बुधबार दिउँसो १ बजे प्रदेश सभा आव्हान भएकै अवस्थामा बिहान मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरु आक्रोसित बनेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन बुधबार रातिबाट लागु हुनेगरी अन्त्यसमेत गरेका छन् । बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले संसद छलेर निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनीहरुले सरकार संसद प्रति गैरजिम्मेवार बनेको बताए । आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल...