राजनीति

बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालेको ५औं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू ५औं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारराति ११ः५९ बजेबाट अन्त्य हुनेछ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत जम्मा ४ दिनमा जम्मा ६ वटा बैठक बसेको छ । यस्तै १९ चैतमा बोलाइएको प्रदेश सभाको बैठक दलहरुबिचको असमझदारीका कारण दुईपटकसम्म सरेर अत्य गरिएको छ । बुधबार बिहान बसेका बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । संसद बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछी संसद प्रभावित भएको थियो । सरकारका प्रवक्ता एवम् आन्तरिक म...
बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको बुधबारका लागि बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख भुवन कुमार पाठकको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रदेशसभा संचालनको अवस्था नरहेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम २ बमोजिम सूचना टाँस गरेर बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभा संचालनका लागि मंगलबार दिनभर बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षदलहरु बिच सहमती जुट्न नसक्दा प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । सत्तापक्ष र विपक्षी दलहरुबिच विगतमा भएको सहमती कार्यान्वयनको व...
प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । मंगलबार १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष दलहरुबिच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बिहान ९ बजेदेखि बसेको सर्वदलिय बैठकमा दलहरुबीच दिनभर छलफल भएपनि सहमती जुटन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक बस्न सकेन् । विगतको सहमती कार्यान्वयनको ठोस प्रतिवद्धता नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानकाकार दिनभर दलहरुबिच सहमतीका लागि छलफल भएको थियो । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बिच सहमती हुन नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो । त्यसबिचमा पनि दलहरुबिच सहमती हुन नसक्दा ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको...
बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ चैत, हेटौँडा । नेपाल सरकारले दिने सर्वाजनिक विदामा बागमती प्रदेश सरकारले आउने वर्ष २०८२ का लागि प्रदेश भित्र ४ दिन थप सर्वाजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले जानकारी दिए । उनका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषदको बैठक बस्नु पर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी प...
गणतन्त्रको पक्षमा एमाले मकवानपुरको हेटौँडामा जनप्रदर्शन

गणतन्त्रको पक्षमा एमाले मकवानपुरको हेटौँडामा जनप्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१८ चैत, हेटौँडा । नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा हेटौँडामा जनप्रदर्शन गरेको छ। सोमबार एमाले मकवानपुरले ¥यालीसहित हेटौँडाको मुख्य सिमाचोकमा प्रदर्शनसहित जागरण सभा गरेको हो । हेटौँडा उपमहानगरपालिकाको विभिन्न चार दिशाबाट ¥याली निकालेर एमालेले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभाको आयोजना गरेको हो । हेटौँडाको पूर्वमा सानोपोखरा, पश्चिममा जिल्ला प्रहरी कार्यलय, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेट अगाडीबाट ¥याली निकालिएको थियो। ¥यालीपछिको जागरणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं मकवानपुरका इञ्चार्ज रामेश्वर रानाले राजावादीहरुले विरोधका नाममा अराजकता फैलाएको आरोप लगाए। राजनीतिको नाममा हत्या, हिंसा र व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानून बमोजिम करवाही गर्नुपर्ने उनको भनाइ थियो। मुलुक फेरि पुरानो अवस्थामा फर्कन नसक्ने दावी ग...
पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारवाहीको माग गरेका छन् । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारहरुले ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेका हुन् । मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुँमागाईँले राजावादीहरुको प्रर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताए । उनले शुक्रबारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दावी गरे । पत्रकार हत्या, कुटपिट...
बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान् बस्ने भएको छ । भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज ९सोमबार० सर्वलिय बैठक बोलाएका थिए । आजै अपरान्ह प्रदेश मन्त्रिपरिषद्‍को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलिय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमती, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकशित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ । सभामुख पाठकका अनुसार सत...
माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

माओवादीबाट निर्वाचित बकैया १ का पूर्व वडाध्यक्ष वाइबा कांग्रेस प्रवेश

Breaking News 2, ताजा अपडेट, बकैया, राजनीति, समाचार
१७ चैत, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका पूर्व वडा अध्यक्ष बुद्धिमान वाइबा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनी आइतबार एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । वाइबा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बकैया १ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । आइतबार कांग्रेस मकवानपुर पार्टी कार्यालयमा जिल्ला सभापति बुद्ध लामाको हातबाट टीका लगाउँदै उनले माओवादी परित्याग गरी कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । पछिल्लो समय माओवादीमा विचलन आएसँगै केही समयदेखि निस्कृय बस्दै आएको र अहिले कांग्रेस प्रवेश गरेको उनले बताए । अब कांग्रेसकै सदस्यको रुपमा बाँकी समय जनताको हितमा काम गर्ने उनको भनाई थियो । कांग्रेस मकवानपुर सभापति लामाले वाइबालाई कांग्रेसमा स्वागत गर्दै आवश्यकता अनुसार जिम्मेवारी दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमम...
मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

मकवानपुरका पत्रकार कालोपट्टी बाँधेर कार्यक्षेत्रमा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१७ चैत, हेटौँडा । मकवानपुरका पत्रकारहरु आइतबार हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरको आव्हानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् । मकवानपुरमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालोपट्टी बाँधेर शुक्रबार भएको घटनाको बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, कोषाध्यक्ष प्रदिप अधिकारी, सदस्यहरु सरोज पौडेल, रविन ढृंगाना, गणेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लागएतका पत्रकारहरुले विभिन्न संचारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन् । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष...
पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको पत्रकार महासंघ मकवानपुरद्वारा विरोध

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ मकवानपुरले विरोधसभाको आयोजना गरेको छ। महासंघ मकवानपुरको आयोजनामा हेटौँडा२, पल्पसा हलबाट र्‍यालीसहित सीमाचोकमा पुगेर विरोधसभा गरेको थियो । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा मकवानपुरका पत्रकारहरू आन्दोलित भएका हुन् । हेटौँडाको पल्पसा(सभागृहबाट सुरु भएको पत्रकारहरूको प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । महासंघको स्थापना दिवसकै दिन पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्वअध्यक्ष प्रताप विष्...