हेटौँडा–४ लाई ०८४ भित्रै कच्ची, खाल्टाखुल्टी र डुवान–मुक्त बनाउँछौँः अध्यक्ष सिग्देल
३० कात्तिक, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर –४ का वडा अध्यक्ष नवीन सिग्देलले २०८४ सालभित्र वडालाई कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्याबाट पूर्ण रूपमा मुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । लक्ष्मी टोल विकास संस्थाको ८औँ साधारण सभामा बोल्दै उनले वडा भित्रका सबै सडकको स्तरीकरण, सुधार र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
वडा–४ हेटौंडाको मुख्य बजार क्षेत्र र मुटुको वडा भएकाले व्यवस्थित शहर निर्माणका लागि पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले संघ, प्रदेश र उपमहानगरसँग समन्वय गरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिए । ‘हामीले थालेको कामले नगरबासीले परिवर्तन महसुस गर्नुभएको छ। अब २०८४ भित्रै कच्ची सडक, खाल्टाखुल्टी र डुवान समस्या हटाएर वडा व्यवस्थित बनाउँछौं,‘ वडा अध्इक्ष सिग्देलले भने ।
उनले सडक पूर्वाधारसँगै शि...























