हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ
११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति करिब १२ः४५ बजे नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न डान्स बार तथा दोहोरी साँझमा अनुगमन गर्ने क्रममा बन्द गर्न अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले दिएको जानकारी अनुसार हेटौँडा–१० स्थित ब्लुमुन डान्स बारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेवल अप डान्स बारका २३ वर्षीय संयोग सुनार, हेटौँडा–१० कै आरआरएस दोहोरी साँझमा कार्यरत २५ वर्षीय सुजन घलान तथा सिरेटो थकाली रोधी गजल घरमा कार्यरत ३० वर्षीय इन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले तोकिएको समयसीमा उल्लङ्घन गरी व्यवसाय सञ्चालन गर्नेहरूमाथि निगरानी तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ। साथै, सार्वजनिक सुरक्ष...























