शिक्षा

भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१३ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा विद्यार्थीहरुका लागि व्यवसायिक तालिम शुरू गरिएको छ । पहिलो चरणमा ६० जना विद्यार्थीलाई सिपमुलक तालिम दिन लागिएको विद्यालयले जनाएको छ । तालिमको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई व्यवसायिक तालिम मार्फत भाविष्यमा रोजगारीको ग्यारेन्टि गर्ने उदेश्यले विद्यालयले तालिमको सुरु गरेको बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रारम्भिक चरणमा हेयर कटिङमा, बेसिक व्युटीपार्लर र बेसिक ईलोक्टिसियनको तालिम दिन लागिएको हो । अध्यक्ष सिग्देलले विद्यालयले सैद्वान्तिक पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको र फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार माथी उठाउन आफुहरु लागि परेको जानकारी दिए । उनले सिपमुलक तालिम अन्तर्गत पहिलो चरणमा ...
तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१२ वैशाख, हेटौँडा । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको हिजोको इजलासले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो । इजलासले एसईईको परीक्षाफल समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश दिएको छ । आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिन सर्वोच्चले भनेको छ । कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ । सर्वोच्चले देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न, नगराउन पनि भनेको छ । आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश...
कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍यो स् आउँदो २१ गतेदेखि सञ्चालन हुने

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
१० वैशाख, हेटौँडा । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले आउँदो २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको जानकारी दिए । मंगलबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिएका थिए । त्यसअघि मंगलबार बिहानको बोर्ड बैठकले निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मच...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
८ वैशाख, हेटौँडा । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको भन्दै अनलाइन खबरले समाचार लेखेको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनका राजीनामा आएको हो । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुन सम्भावना छ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहे पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...
बालबालिकाले सिके बोल्ने कला

बालबालिकाले सिके बोल्ने कला

ताजा अपडेट, शिक्षा, समाचार
१ वैशाख, हेटौँडा । बालबालिकालाई सार्वजनिक भाषणकला सिकाउन हेटौँडामा सञ्चालित सात दिने जुनियर पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । हेटौँडा मल्टिमिडिया प्रालि र किताबघरले पहिलोपटक सञ्चालन गरेको तालिममा २४ जना बालबालिकाले भाग लिएका थिए । चैत २३ गतेदेखि सञ्चालित तालिमको समापनका अवसरमा सबै सहभागीहरूले विभिन्न विषयमा आआफ्नो प्रस्तुति दिएका थिए । शनिबार नवोदय शिशु सदन माविको सभाहलमा भएको कार्यक्रममा बालबालिकाको प्रस्तुतिपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्दै उनीहरूले हेटौँडामा यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने समेत विचार व्यक्त गरे । मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीले छोटो अवधीको तालिमबाटै बालबालिकाले महत्त्वपूर्ण सीप सिकेको पाएको बताए । तालिमले बालबालिकामा जस्तोसुकै अवस्थामा आफ्ना कुरा राख्न सक्ने आत्मविश्वास भरेको भन्...
म्यासेजमा आएका जथाभावी  लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा आएका जथाभावी लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
२८ चैत, हेटौँडा । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।...
कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

कैलास, ताजा अपडेट, शिक्षा
१३ चैत, हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नियुक्त भएका शिक्षकहरुलाई पदस्थापन गरेको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्दै उनले विद्यार्थीहरुलाई किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई दिन पनि आग्रह गरे । ‘विकट क्षेत्रमा बसेर काम गर्नु चुनौतिसँगै अवसर पनि हो,’ उनले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ ।’ विकट गाउँपालिकामा जिम्मेवारी लिएको भन्दै संकुचित भएर नबस्न गाउ...
मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

मकवानपुरको कैलाशमा पहिलोपटक एसइई परीक्षा, सातजना अनुपस्थित

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो । कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्। बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी...
एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

एसईईमा मकवानपुरबाट ७ हजारबढी सहभागी, ७ जना कैदीबन्दीले पनि एसईई दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
७ चैत, हेटौंडा । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ७ हजारबढी विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार जिल्लाका सामुदायीक र संस्थागत गरी १३९ वटा विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका हुन् । उनका अनुसार ग्रेडबृद्धिका लागि साधरणतर्फ एकहजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसईई परीक्षा दिनेछन् । यस्तै भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यसवर्षको एसईई परीक्षा दिनेछन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीका अनुसार एसईई परीक्षामा भीमफेदी कारागारमा विभन्नि मुद्धामा कैद भुक्तान गरिरहेका ७ जना कैदीबन्दिले एसईई परीक्षामा सहभागीता जनाउँने छन् । यस्तै हेटौँडास्थित बालसुधारगृहमा रहेका २ जना परीक्षार्थीले पनि परीक्षा दिनेछन् । कारागारका जेलर तिर्थ...
मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
६ चैत, हेटौँडा । मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ । मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे । रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियुका अध्यक्ष थिए । कुल २ हजार ६९८ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो । यस्तै सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज