बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने
८ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको नीति कार्यक्रम आगामी जेठ १४ गते आउने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागथ आह्वान गरिएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२÷०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न सभामुख पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन रुलिङ गरेका छन् ।
प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दि...


















