बागमतीको एकमात्र उपमाहनगरपालिका हेटौँडा बालमैत्री घोषणा
१ फागुन, हेटौँडा । बामती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बिहीबार एक भव्य कार्यक्रमकाबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका विभिन्न ५१ सूचक पूरा भएसँगै हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो । यसअघि विभिन्न समयमा हेटौँडाका १९ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो । यो घोषणासँगै हेटौँडा उपमहानगरपालिका निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ अनुसार बालमैत्री घोषणा गर्न आवश्यक ५१ सूचकहरु पुरा गरेपछि हेटौँडालाई बाल...























