Author: Hetauda Live

आर्थिक अभावको मार खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ बिक्री

आर्थिक अभावको मार खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ बिक्री

Breaking News 1, अर्थ, समाचार
५ फागुन, हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको उद्योगको असफल प्रयास गर्दै आएको थियो । ९ वर्षअघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन । खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको थियो । बन्द अवस्थामा रहेको रोप–वे का उपकरणहरू लिलामीका लागि पहिलो पटक सूचना आह्वान गर्दा उद्योगले उक्त रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३...
मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

मंगलवारदेखि हुने निर्माण महोत्सवको तयारी पूरा

Breaking News 2, अर्थ, मनोरञ्जन, समाचार, हेटौँडा
५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ । मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक...
बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

Breaking News 2, खेलकुद, बागमती, समाचार
५ फागुन, हेटौँडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उन...

हेटौँडा हुँदै गोरु तस्करी, प्रहरीले सहयोग नगर्दा पथलैयाबाट ट्रक नियन्त्रण

Breaking News 1, अर्थ, समाचार, हेटौँडा
५ फागुन, हेटौँडा । आइतबार साँझ ६ः३० बजेको समयमा हेटौँडा हुँदै गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ ।हेटौँडा– १५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको हो । अबेर राति ११ बजे नियन्त्रणमा लिइएको गोरुसहितको ट्रक हेटौँडा ल्याइएको उनले बताए । आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरुसहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा बा।प्र। ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्दै गरेको ...
बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

बागमती गोल्डकपलाई पालिकाका कर्मचारीको आर्थिक सहयोग

अर्थ, खेलकुद, बागमती, राक्सिराङ्ग, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई नगद हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयोग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गर्नुभएको छ । बागमती(४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताउनुभयो । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त ...
७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

७ औं बागमती गोल्डकपः एपीएफको विजय सुरुवात

Breaking News 2, खेलकुद, बागमती, समाचार
४ फागुन, हेटौँडा । ७ औं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टोलि सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गर्दै टोलिलाई जिताए । पराजित बिएफसीका अमन लामाको प्रहार मात्रै गोल गरे । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाए भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएको थियो । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड ...
महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

महालक्ष्मी–चखेल–मातातीर्थ सकड स्तरोन्नतिका लागि डेढ महिना बन्द

Breaking News 1, samachar, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
५ फागुन, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट काठमाडौं जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक डेढ महिनाका लागि बन्द गरिएको छ । उक्त सडक खण्डको विभिन्न स्थानमा रतरोन्नति गर्नका लागि आइतबारदेखि डेढ महिनाका लागि बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–५ कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि आगामी २१ चैतसम्म उक्त सडक बन्द रहने जानकारी गराएको हो । वडा अध्यक्ष दुतराज तितुङले उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधनको आवागमन बन्द रहने बताए । उनका अनुसार गाउँपालिका–५ स्थित महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको हो । उनले यसअवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे । यस्तै, हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक खण्ड कुलेखानी–फा...
बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

बागमती गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै सर्लाहीको विजयी सुरुवात

Breaking News 2, खेलकुद, बागमती
३ फागुन, हेटौँडा । आयोजक बागमती खेलकुद विकास समितिलाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्बले शनिवारबाट सुरु भएको ७ औं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरे स्थित सहिद स्मृति रंगशालामा सुरु भएको प्रतियोगितामा आयोजकलाई १–० ले स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको हो । बागमतीको जितको लागि कप्तान विमल घिसिङले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित भएको खेलमा घिसिङले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका हुन् । उनले विदेशी खेलाडी सदिकको क्रस पासलाई सदुपायोग गर्दै आयोजकको गोल पोष्टको जाली चुमाउन सफल भएका थिए । घिसिङले डि–बक्स नजिकैबाट गरेको पावरफुल प्रहार बागमती खेलकुद विकास समितिका गोलरक्षक बिशाल सुनारले रोक्न सकेनन् । गोलकर्ता घिसिङ नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैंयासहि...
बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
३ फागुन, हेटौंडा । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्‍याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ । बालेन मेयर भए...
माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

माओवादीप्रती जनताको विश्वास बढेको छः अध्यक्ष प्रचण्ड

Breaking News 1, बकैया, राक्सिराङ्ग, राजनीति, समाचार
३ फागुन,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरुबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन् । नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमान्दार माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने विषय प्रष्ट भएको उनको भनाइ छ । सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै...