ट्रेन्डिङ

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव, धुनीबेँशी नगरपालिका– ९, धादिङनिवासी रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारीकासम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या बाध्यात्मक परिस्थिति...
गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

गोरु तस्करी प्रकरण: रातोमाटे चौकीको इन्चार्जमा सागर लुङ्वा

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
६ फागुन, हेटौँडा । हेटौँडा हुँदै भएको गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असइ) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। यसअघि प्रहरी नायब निरीक्षक (सइ)को नेतृत्वमा रहेको सो चौकीको इन्चार्जमा प्रहरी सहायक निरीक्षक लुङ्वाको कमान्डमा चौकीको जिम्मेवारी दिइएको हो । गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि चौकीका इन्चार्ज रहेका कुमार फुयाँलसहित तीनजनालाई हटाएर अनुसन्धान अघि बढाइएको छ । सोमबार फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुसवाह र प्रहरी जवान केशर शाहीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तानेर अनुसन्धान थालिएको थियो । उक्त घटनामा पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भीम राईलाई पाँच हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो ।...
हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए

Breaking News 1, अर्थ, ट्रेन्डिङ, समाचार
५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ । आइतबार चितवनतिरबाट हेटौंडा हु...
बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

बालेनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
३ फागुन, हेटौंडा । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । गीत नेपालबाहेक अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । गीतमा बालेनको शब्द, सङ्गीत, स्वर र र्‍याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको स्वर छ । बालेन मेयर भए...
कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राक्सिराङ्ग, समाचार
काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिसभाको पाँचांंै अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् ।   समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुईवटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ । ‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत् प्रतिवेदन अबिलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँ...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, भीमफेदी, मनोरञ्जन, शिक्षा, समाचार
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, भीमफेदी
महेन्द्रनगर -कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ । उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज