बागमती प्रदेश

बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौति छः मुख्यमन्त्री लामा

बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौति छः मुख्यमन्त्री लामा

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२२ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकको सहज सेवासंगै प्रत्याभुति हुनेगरी बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । उनले नागरिकका बढ्दो वितृष्णालाई चिर्न सरकारले नीति कार्यक्रम र बजेट मार्फत् प्रभावकारी काम गर्नुपर्ने चुनौति रहेको बताए । सोमबार प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नागरिकको हित र भुगोल अनुकुल योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताए । वन क्षेत्रका विविध विषयलाई उत्पादन र आयआर्जनमा जोडेर अघि बढाउनु पर्नेमा उनले जोड दिए । ‘नागरिक लाभान्वीत हुने र वन तथा वातावरण संरक्षण हुने गरी योजना निर्माण गरेर अघि बढ्नुपर्छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापन सन्तुmिलत ढंगबाट अघि बढाउनुपर्छ ।’ उनले भने, ‘वन जंगलको उचित व्यवथापन अहिलेको आवश्यकता हो । आयात निरुत्साहित गर्न दीगो वन व्यवस्थापनको...
डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, भीमफेदी, समाचार
२१ वैशाख, हेटौँडा । काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको छ । गएरातिदेखि परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अबरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् । यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झण्डै दुईहप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो ।...
चितवन र मकवानपुरका चेपाङलाई चिउरीखेती गर्न प्रोत्साहन गरिँदै

चितवन र मकवानपुरका चेपाङलाई चिउरीखेती गर्न प्रोत्साहन गरिँदै

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश
१६ वैशाख, हेटौँडा । कृषि विकास कार्यालय चितवनले मकवानपुर र चितवन जिल्लाका ५० जना युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रम अन्तर्गत चिउरीखेती गर्न प्रोत्साहन कार्यक्रममा सहभागी गराइएको छ । गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवम् पिछडिएका जातजाति, बाहुल्य संख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यो कार्यक्रममा सहभागी गराएको हो । कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गएको आर्थिक वर्षमा ३० र चालू वर्ष २० जना गरी दुई जिल्लका ५ जना युवालाई कार्यक्रममा सहभागी गराइएको पौडेलले जानकारी गराए । उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराएको पौडेलको भनाई छ । मकवानपुर र चितवनका चेपाङ स...
प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयको फाइल माग

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयको फाइल माग

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ वैशाख, हेटौँडा । सर्वोच्च अदालतले सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई काठमाडौँ उपत्यकाभित्र आवास सुविधा दिने निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको इजलासले २०७५ मंसिर १७ गते मन्त्रिपरिषद्बाट भएको निर्णयसहितको फाइल झिकाउन आदेश दिएको हो । इजलासले यस विवादको पूर्ण सुनुवाइका लागि वैशाख ३० पेसी तोकिदिएको छ । अधिवक्ता चन्द्रप्रसाद भुसालले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले गत चैत १४ गते विभिन्न प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरको भैँसेपाटीमा आवास सुविधा दिनुको आधार र कारण खुलाउन सरकारका नाममा आदेश जारी गरेको थियो । राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने स्पष्ट कानुन हुँदाहुँदै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई सम्बन्धित प्रदेशका अलावा ललितपुरको भैँसेपाटीमा पनि अत्यधिक विलासितासहितका आ...
मोबाइल व्यवसायीको साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुने

मोबाइल व्यवसायीको साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा हुने

अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१६ वैशाख, हेटौँडा । नेपाल मोबाइल व्यवसायी महासंघको साधारणसभा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि यही बैशाख २६ र २७ गते हुने भएको छ । महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुन लागेको मोबाइल एसोसिएसन अफ मकवानपुरले पत्रकार सम्मेलन गरी मंगलबार जानकारी दिएको हो । महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यका अनुसार साधारणसभामा देशभरका ६० जिल्ला, ७ प्रदेश र महासंघ केन्द्रीय नेतृत्व गरी करिब एकहजार व्यवसायी सहभागी हुनेछन् । उनले साधरणसभामा पछिल्लो समय मोवाइल व्यापारमा देखिएका अवसर र चुनौतीको विषयमा केन्द्रीत भएर छलफल हुनेछ । यसैगरी मोवाइल विक्रीमा देखिएको अस्वभाविक प्रतिस्पर्धा र यसले व्यवसायमा पारेको असरलाई पनि छलपलका मुख्य विषय बनाएर छलफल हुने उनले बताए । साधारणसभा सम्पन्न गर्न विभिन्न ९ वटा उपसमिति बनाएको जानकारी दँदै उपाध्यक्ष आचार्ययले उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम ग...
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकारको तयारी

प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकारको तयारी

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र ९लाइसेन्स० र सवारी धनी दर्ता पूर्जा ९ब्लु बुक० छपाइ गर्ने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले गत वैशाख ४ गते लाइसेन्स र ब्लु बुक छपाईका लागि मेसिन खरिदको बोलपत्र आह्वान गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार टेन्डर प्रक्रिया सम्पन्न गरेर आगामी असारबाटै लाइसेन्स र ब्लु बुक छपाईको काम अघि बढाउने तयारी रहेको छ । मन्त्रालयले टेन्डर मार्फत ३ वटा लेजर प्रिन्टर खरिदको लागि प्रस्ताव आह्वान गरेको हो । लेजर प्रिन्टरबाट २ लाख ३५ हजार लाइसेन्स र ३ लाख ब्लु बुक को डिजिटल कार्ड छापिने गरी मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । लाइसेन्स छपाइ गर्ने मेसिन प्रदेशका ३ जिल्लामा ...
आगामी आवलाई बागमतीको बजेट सिलिङ ५५ अर्ब

आगामी आवलाई बागमतीको बजेट सिलिङ ५५ अर्ब

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ वैशाख, हेटौँडा । आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि नीति–कार्यक्रम र बजेट निर्माणको प्रक्रिया थालेको बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरूलाई बजेटको सिलिङ तोकेर पठाएको छ । १४ मन्त्रालय रहेको बागमती प्रदेशमा आन्तरिक छलफल र विश्लेषणसहित सिलिङ पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व संकलन र बजेट खर्च तथा योजना कार्यान्वयनको मूल्यांकनसहित ५५ अर्ब रुपैयाँको सिलिङ पठाएको छ । जसअन्तर्गत अर्थ मन्त्रालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १४ अर्ब रुपैयाँको सिलिङ दिएको छ । यस्तै, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई पाँच अर्ब, युवा तथा खेलुकद मन्त्रालयलाई ६१ करोड रुपैयाँको सिलिङ तोकेर पठाएको छ । यता कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई दुई अर्ब ५१ करोड, स्वास्थ्य मन्त्रालयलाई तीन अर्ब, सामाजिक विकास मन्त्रालय...
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो । चैतसम्म बजेट खर्च दर न्यून भएसँगै अन्तिम ३ महिनामा प्रदेश सरकारमाथि दबाब बढेको हो । चालु आर्थिक वर्ष कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले ९ महिनामा जम्मा ३२.५१ प्रतिशतमात्र खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको हो । यसअघि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ९ महिनामा कुल बजेटको ४४.४२ प्रतिशत खर्च गरेको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ...
तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

तीन जिल्लाको समन्वयात्मक सुरक्षा बैठक नुवाकोटमा सम्पन्न

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१२ वैशाख, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाई थप सबल बनाउन तयार रहेको बताएका छन् । नुवाकोटको विदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाको समन्वयात्मक सुरक्षा समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सुरक्षा पूर्वाधार तथा सम्बन्धित विषयहरूमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको अपेक्षा र असन्तुष्टि बुझ्दै निष्पक्ष र प्रभावमुक्त ढंगले सेवा प्रवाहमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन पनि दिए । मन्त्री लामिछानेले नुवाकोटमा रहेको खुला कारागारको अवलोकन गर्दै प्रदेश सरकारबाट सञ्चालित लघु उद्यम कार्यक्रम, कैदीबन्दीहरूको अवस्था तथा कारागारको भौतिक संरचना सम्बन्धमा जानकारी लिएका थिए । बैठकमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निक...
कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने

कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१२ वैशाख, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ। सूचनाअनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको छ। ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्‍याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो। दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकाले सो अवधिमा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनहरूले अन...