बागमती प्रदेश

प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । मंगलबार १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष दलहरुबिच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बिहान ९ बजेदेखि बसेको सर्वदलिय बैठकमा दलहरुबीच दिनभर छलफल भएपनि सहमती जुटन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक बस्न सकेन् । विगतको सहमती कार्यान्वयनको ठोस प्रतिवद्धता नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानकाकार दिनभर दलहरुबिच सहमतीका लागि छलफल भएको थियो । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बिच सहमती हुन नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो । त्यसबिचमा पनि दलहरुबिच सहमती हुन नसक्दा ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको...
बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ चैत, हेटौँडा । नेपाल सरकारले दिने सर्वाजनिक विदामा बागमती प्रदेश सरकारले आउने वर्ष २०८२ का लागि प्रदेश भित्र ४ दिन थप सर्वाजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले जानकारी दिए । उनका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषदको बैठक बस्नु पर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी प...
पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारवाहीको माग गरेका छन् । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारहरुले ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेका हुन् । मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुँमागाईँले राजावादीहरुको प्रर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताए । उनले शुक्रबारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दावी गरे । पत्रकार हत्या, कुटपिट...
बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान् बस्ने भएको छ । भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज ९सोमबार० सर्वलिय बैठक बोलाएका थिए । आजै अपरान्ह प्रदेश मन्त्रिपरिषद्‍को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलिय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमती, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकशित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ । सभामुख पाठकका अनुसार सत...
बागमती प्रदेश सभा बैठक १९ चैतमा

बागमती प्रदेश सभा बैठक १९ चैतमा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ चैत, हेटौँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ । यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए । त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो । गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बन...
स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

Breaking News 2, samachar, ताजा अपडेट, बागमती प्रदेश
८ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत(साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनपछि मन्त्री किरण थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्नुका साथै आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्छ ।...
प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रभावकारी योजना छनोटका लागि आयोजना बैंकको सुरुवात गरेको छ । बुधबार आयोजित कार्यक्रमबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बजेट विनियोजन, योजना छनोट तथा अध्यावधिक र सुशासन कायम गर्न आयोजना बैंकको अपरिहार्यता औँल्याए । उनले बजेट परिचालनमा देखिएको समस्या अन्त्यका लागि आयोजना बैंक पूर्ण रूपमा प्रभावकारी हुने दाबी पनि गरे । प्रदेश सरकारकले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालमा ल्याएको हो । प्रदेशमा यसअघि दुई पटकसम्म उद्घाटन भएर कार्यान्वयनमा नआएको आयोजना बैंक यसपटक भने कार्यान्वयन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले...
प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
५ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लागानीको प्रतिफल अनुसार प्रदेशका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि भएको दावी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्वपूर्ण उपलब्धी हासिल भइरहेको दावी गरेका हुन् । स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठिको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । उनले प्रदेश सरकारले ग्रामिण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतीमा काम गरेको बताए । ‘प्रदेशका आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच सुनिश्चितताका लागि जनशीक्त र स्वासथय उपकरणको व...
राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ फागुन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा राजस्व सुधारका लागि गठन गरिएको अध्ययन समितिसंग छलफल थालेको छ । मन्त्रालयले राजस्व सुधारको लागि गठन गरिएको समितिका सदस्यहरुसंग मंगलबार छलफल गरेको हो । राजस्व सुधार समितिको प्रारम्भिक प्रतिवेदन तथा अध्ययन ढाँचा, विधी लगायतका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्तत नेपाल, प्रदेशका सचिव महादेव पन्थ लगायत प्रदेश सचिव र कर्मचारीहरुसंग छलफल गरिएको हो । समुन्नत प्रदेश निर्माणको लागि राजस्वका स्रोत, संकलनको अवस्था, समस्या लगायतका विषयको विश्लेषण गर्दै राजस्व परिचालनमा सुधार र नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न उक्त समितिले अध्ययन गर्ने छ । समितिले प्रदेशको राजस्वको विद्यमान अवस्था विश्लेषण गर्ने, राजस्व वृद्धि तथा परिचालन, राजस्व परिचालन क्षमता ...
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको विकास निर्माणको कामको अनुगमन तथा नियमन र मुल्यांकनका लागि कानुन निर्माणका लागि कानुन बनाउन सहमती दिएको हो । बैकठले प्रदेश अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मुल्यांकन नहँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो । बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले भक्तपुर नखेल गाविस वडा नम्बर–१ को ...