बागमती प्रदेश

बागमती प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

बागमती प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
१३ फागुन, हेटौंडा । सत्ता पक्षिय दलहरु कांग्रेस र एमालेबीचको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकले ७ बुँदे निर्णय गर्दै प्रदेश सरकारलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । संयन्त्र संयोजक एवं एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सरकारलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नै गर्नुपर्ने, सरकारले तय गरेका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न र न्यून पुँजिगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तवरले योजना कार्यन्वयन गर्न निर्देश गरेको छ । यस्तै गत ११ र १२ असोजमा आएको बर्षा र बाढीबाट बागमती प्रदेश भित्र क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्ने कार्यलाई...
बागमतीका सहकारी मन्त्रीका स्वकीयको शंकास्पद मृत्यु

बागमतीका सहकारी मन्त्रीका स्वकीयको शंकास्पद मृत्यु

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१३ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार काठमाडौं कालिमाटी स्थित कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथिको कोठामा विषादी सेवन गरेको प्रहरी परिसर काडमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहराले जानकारी दिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको थियो । धादिङ धुनीबेशी–९ घर भएका ३६ वर्षीय थापाले आफ्ना साथि धुनिवेशी–८ घर भइ हाल काठमाडौं–१४ लिगमार्ग कलंकीमा बस्ने वर्ष २१ को शिव कुँवरको डेरामा दिउँसो २ बजे विषदी सेवन गरेको प्रहरी उपरिक्षक बोहराले जानकारी दिए । उनका अनुसार कोठामा कोहि नभएको अवस्थामा उनले विषादी सेवन गरेको प्रहरीको भनाई छ । कोठामा थापाका दाई पुग्दा अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारको लागि कलंकी स्थ...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राध्यापक डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । आइतबार प्रा. डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको हो । प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गरेकी हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले वितरण गर्नुपर्ने नियुक्ति सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो । प्रा. डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा ९१० अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएका उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएक...
प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

प्रदेश प्रुमखबाट खेलकुद विकास संशोधन विधेयक प्रमाणिकरण

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमणिकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन् । विधेयक प्रमाणिकरण गरेसँगै बागमती प्रदेशलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीताको लागि बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालय हेटौंडाकी शाखा अधिकृत निशा न्यौपानेका अनुसार उक्त विधेयक प्रदेशसभाको गत माघ २६ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको थियो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रमाणिकरण गरेको सो विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसंगै कार्यान्वयनको चरणमा जानेछ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बाटो खुल्यो प्रदेशसभाबाट पारित भ...
फागुन ७ गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनः प्रदेश प्रमुख देवकोटा

फागुन ७ गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनः प्रदेश प्रमुख देवकोटा

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको इतिहासमा ७ फागुन एक महत्वपूर्ण दिनको रूपमा रहेको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै निरंकुशता विरुद्ध संगठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ, ‘स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रती उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ ‘फागुन ७ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज