बागमती प्रदेश

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

स्वास्थ्य मन्त्री थापाले गरे बकुलहर र आयुर्वेद अस्पतालको छड्के अनुगमन

Breaking News 2, samachar, ताजा अपडेट, बागमती प्रदेश
८ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित अस्पताल पुगेका मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । शुक्रबार अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत(साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो। अनुगमनपछि मन्त्री किरण थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्नुका साथै आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्छ ।...
प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

प्रभावकारी योजना छनोटका लागि बागमतीमा आयोजना बैंकको सुरुवात

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रभावकारी योजना छनोटका लागि आयोजना बैंकको सुरुवात गरेको छ । बुधबार आयोजित कार्यक्रमबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बजेट विनियोजन, योजना छनोट तथा अध्यावधिक र सुशासन कायम गर्न आयोजना बैंकको अपरिहार्यता औँल्याए । उनले बजेट परिचालनमा देखिएको समस्या अन्त्यका लागि आयोजना बैंक पूर्ण रूपमा प्रभावकारी हुने दाबी पनि गरे । प्रदेश सरकारकले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्न र योजना छनोट कार्य प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालमा ल्याएको हो । प्रदेशमा यसअघि दुई पटकसम्म उद्घाटन भएर कार्यान्वयनमा नआएको आयोजना बैंक यसपटक भने कार्यान्वयन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले...
प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
५ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लागानीको प्रतिफल अनुसार प्रदेशका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि भएको दावी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्वपूर्ण उपलब्धी हासिल भइरहेको दावी गरेका हुन् । स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठिको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । उनले प्रदेश सरकारले ग्रामिण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतीमा काम गरेको बताए । ‘प्रदेशका आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच सुनिश्चितताका लागि जनशीक्त र स्वासथय उपकरणको व...
राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ फागुन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा राजस्व सुधारका लागि गठन गरिएको अध्ययन समितिसंग छलफल थालेको छ । मन्त्रालयले राजस्व सुधारको लागि गठन गरिएको समितिका सदस्यहरुसंग मंगलबार छलफल गरेको हो । राजस्व सुधार समितिको प्रारम्भिक प्रतिवेदन तथा अध्ययन ढाँचा, विधी लगायतका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्तत नेपाल, प्रदेशका सचिव महादेव पन्थ लगायत प्रदेश सचिव र कर्मचारीहरुसंग छलफल गरिएको हो । समुन्नत प्रदेश निर्माणको लागि राजस्वका स्रोत, संकलनको अवस्था, समस्या लगायतका विषयको विश्लेषण गर्दै राजस्व परिचालनमा सुधार र नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न उक्त समितिले अध्ययन गर्ने छ । समितिले प्रदेशको राजस्वको विद्यमान अवस्था विश्लेषण गर्ने, राजस्व वृद्धि तथा परिचालन, राजस्व परिचालन क्षमता ...
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको विकास निर्माणको कामको अनुगमन तथा नियमन र मुल्यांकनका लागि कानुन निर्माणका लागि कानुन बनाउन सहमती दिएको हो । बैकठले प्रदेश अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मुल्यांकन नहँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो । बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले भक्तपुर नखेल गाविस वडा नम्बर–१ को ...
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२७ फागुन, हेटौँडा । हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् । तत्कालका लागि बहिरंग सेवा माफृत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालीने गरिएको हो । टिचिङ अस्पतालमा छात्रवृत्तीमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौंडा अस्पताल खटाएसंगै हेटौंडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण ...
सहकारी मन्त्री श्रेष्ठको सय दिनः ३ वटा समस्याग्रस्त सहकारी घोषणा, ८ लाई प्रहरी छानविनमा पठाइयो

सहकारी मन्त्री श्रेष्ठको सय दिनः ३ वटा समस्याग्रस्त सहकारी घोषणा, ८ लाई प्रहरी छानविनमा पठाइयो

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२३ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले जिम्मेवारीालेको एक सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । हनिमुन पिरियडको रुपमा लिइने जिम्मेवारी लिएको एक सय दिनमा मन्त्री श्रेष्ठले ३ सहकारीलाई समस्याग्रस्त घोषणा तथा ८ सहकारीलाई छानविनका लागि प्रहरीमा पठाएको जानकारी दिए । गत मंसिर ९ साउनमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्री श्रेष्ठले गत मंसिर ७ गते मात्रै जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाएको गरेको एक सय दिनको अवधिमा मन्त्री श्रेष्ठले शुक्रबार उपलब्धी सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसारमन्त्रालयको लागि भवन तथा पूर्वाधारको व्यवस्थापन, सहकारी अभिलेख तथा कागजहरुको व्यवस्थापन, डिजिटाइलेशनको कार्य प्रारम्भ गरिएको छ भने नियमित रुपमा सहकारी संस्थाहरुको सुपरीवेक्षण तथा नियमनसहित सहकारी बचत पीडितहरुको रकम फिर्ता गराउ...
माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

Breaking News 1, ताजा अपडेट, बकैया, बागमती प्रदेश, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौँडा । नेपाल माझी उत्थान संघको आयोजनामा यही फागुन २० गते मकवानपुरको बकैया गाउँपालिकामा लदी पर्व मनाइने भएको छ । २० गते विहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदी पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ । लदी पर्वको कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । लदीको अवसरमा देशैभरीका माझी समुदायले नजिकका नदी खोलामा गएर भव्य रुपले नदीखोलाको पुजा गर्ने गर्दछन् । माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेश सरकारले समेत गत बर्ष र यो वर्ष पनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ । नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन् । नेपाल सरकारले सू...
नेपालका सबै जातिय संस्कृति राज्यको निधिः प्रदेश प्रमुख देवकोटा

नेपालका सबै जातिय संस्कृति राज्यको निधिः प्रदेश प्रमुख देवकोटा

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
१६ फागुन, हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । विभिन्न जातजाति तथा भाषाभाषीयुक्त सम्प्रदाय रहेको नेपालमा सबैको संस्कृति राज्यको निधि भएको उल्लेख गर्दै उनले शुभकामना सन्देश सर्वाजनिक गरेका हुन् । प्रदेश प्रमुखको शुभकामना सन्देशमा ‘शेर्पा समुदायको नयाँ वर्ष (बाघ वर्ष) सुरु भएको अवसरमा देश तथा देश बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु’ उल्लेख गरिएको छ । शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटाले भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्व नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग भएको बताएका छन् । आपसी भाइचा...
स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव, धुनीबेँशी नगरपालिका– ९, धादिङनिवासी रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारीकासम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या बाध्यात्मक परिस्थिति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज