बागमती प्रदेश

बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले पौडेललाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार प्रदेश सभाको सचिवमा नियुक्त गरेका हुन् । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । उनलाई प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सचिव पौडेलले बुधबार नै पदभार समेत ग्रहण गरेका छन् । यसअघि पौडेल प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत रहेका थिए । उनले उक्त पदबाट १७ चैतमा राजिनामा दिएका थिए । राजिनामा स्विकृत भएसँगै पौडेललाई बागमती प्रदेश सभाको सचिवमा नियुक्त हुन बाटो खुलेको थियो । संघीय संसदमा १७ वर्ष सेवा ...
बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

बागमती प्रदेश सरकार संसद प्रति गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरुले सरकार संसद प्रति गैरजिम्मेवार र असफल सावित भएको दावी गरेका छन् । प्रदेशसभाको बैठक आह्वान भइरहदाँ सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले सरकार गैरजिम्मेवार र असफल भएको दावी गरेका हुन् । बुधबार दिउँसो १ बजे प्रदेश सभा आव्हान भएकै अवस्थामा बिहान मन्त्रिपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेसँगै प्रतिपक्षीहरु आक्रोसित बनेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन बुधबार रातिबाट लागु हुनेगरी अन्त्यसमेत गरेका छन् । बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सरकारले संसद छलेर निरंकुश शैली देखाएको आरोप लगाएका छन् । उनीहरुले सरकार संसद प्रति गैरजिम्मेवार बनेको बताए । आफनो कमिकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद छल...
बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको ५ औं हिउँदे अधिवेशन अन्त्य

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालेको ५औं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू ५औं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारराति ११ः५९ बजेबाट अन्त्य हुनेछ । १८ माघबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत जम्मा ४ दिनमा जम्मा ६ वटा बैठक बसेको छ । यस्तै १९ चैतमा बोलाइएको प्रदेश सभाको बैठक दलहरुबिचको असमझदारीका कारण दुईपटकसम्म सरेर अत्य गरिएको छ । बुधबार बिहान बसेका बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । संसद बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछी संसद प्रभावित भएको थियो । सरकारका प्रवक्ता एवम् आन्तरिक म...
बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

बागमती प्रदेशसभाको बुधबार दिउँसो १ बजेको बैठक सूचना टाँस गरेर स्थगित

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । बागमती प्रदेशसभाको बुधबारका लागि बोलाइएको प्रदेश सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख भुवन कुमार पाठकको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले प्रदेशसभा संचालनको अवस्था नरहेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम २ बमोजिम सूचना टाँस गरेर बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभा संचालनका लागि मंगलबार दिनभर बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षदलहरु बिच सहमती जुट्न नसक्दा प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । सत्तापक्ष र विपक्षी दलहरुबिच विगतमा भएको सहमती कार्यान्वयनको व...
बागमती प्रदेश युवा परिषद्ले विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै

बागमती प्रदेश युवा परिषद्ले विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्दै

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२० चैत, हेटौँडा । युवामा रहेका सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई मूर्त बनाउने उद्देश्यसहित बागमती प्रदेश युवा परिषद् र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ‘विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नवाचारलाई प्रोत्साहन गर्दै युवा स्टार्टअपलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम निरन्तर सञ्चालन हुनेछ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा.यम सिलवाल र प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंबीच समझदारीपत्र आदान–प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत नवप्रवर्तनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्दै उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । विभिन्न चरणमा छनोट गरिने युवा नवप्रव...
प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रदेश सभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० चैत, हेटौँडा । मंगलबार १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष दलहरुबिच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक सूचना टाँस गरेर बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बिहान ९ बजेदेखि बसेको सर्वदलिय बैठकमा दलहरुबीच दिनभर छलफल भएपनि सहमती जुटन नसकेपछि मंगलबारको प्रदेशसभा बैठक बस्न सकेन् । विगतको सहमती कार्यान्वयनको ठोस प्रतिवद्धता नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडानकाकार दिनभर दलहरुबिच सहमतीका लागि छलफल भएको थियो । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरु बिच सहमती हुन नसकेपछि अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो । त्यसबिचमा पनि दलहरुबिच सहमती हुन नसक्दा ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको...
बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ चैत, हेटौँडा । नेपाल सरकारले दिने सर्वाजनिक विदामा बागमती प्रदेश सरकारले आउने वर्ष २०८२ का लागि प्रदेश भित्र ४ दिन थप सर्वाजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले जानकारी दिए । उनका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषदको बैठक बस्नु पर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी प...
पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

पत्रकार महासंघ बागमती र मकवानपुरले बुझायो ध्यानाकर्षण पत्र

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारवाहीको माग गरेका छन् । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारहरुले ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेका हुन् । मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुँमागाईँले राजावादीहरुको प्रर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताए । उनले शुक्रबारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दावी गरे । पत्रकार हत्या, कुटपिट...
बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

बागमतीमा सोमबार बोलाइएको सर्वदलिय बैठक, मंगलबार बिहान् ८ बजे बस्ने

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१८ चैत, हेटौँडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान् बस्ने भएको छ । भोलि मंगलबार दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफलका लागि भन्दै आज ९सोमबार० सर्वलिय बैठक बोलाएका थिए । आजै अपरान्ह प्रदेश मन्त्रिपरिषद्‍को बैठक बस्ने र सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलिका लागि सारिएको बुझिएको छ । सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलिय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमती, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकशित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ । सभामुख पाठकका अनुसार सत...
बागमती प्रदेश सभा बैठक १९ चैतमा

बागमती प्रदेश सभा बैठक १९ चैतमा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ चैत, हेटौँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ । यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए । त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो । गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज