
हेटौँडा गोरु तस्करी प्रकरणः चौकी इञ्चार्ज फुँयालसहित ३ जना जिल्ला तानिए
५ फागुन, हेटौँडा । बंगलादेश पु¥याउँने उदेश्यले हेटौँडा हुँदै तस्करी भइरहेको २५ वटा गोरु तस्करी प्रकरणमा मकवानपुरको हेटौँडा १५ स्थित रातोमाटे प्रहरी चौकीका इञ्चार्ज कुमार फुँयालसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ ।
हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानवीनका लागि चौकी इञ्चार्ज फुयाँलसहित प्रहरी सहायक हवल्दार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए ।
उनले ३ जनालाई छानवीनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानेको बताए । प्रहरी उपरिक्षक खड्का अनुसार उक्त चौकीको इञ्चार्जको रुपमा प्रहरी सहायक निरिक्षकलाई पठाउने गरी निर्णय भएको छ । गोरु तस्करी प्रकरणमा प्रक्रियागत रुपमा छानवीन कार्य थालिएको उनको भनाई छ ।
आइतबार चितवनतिरबाट हेटौंडा हु...