Author: Hetauda live

एसईईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

एसईईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक एसइई परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ चैत २० गते बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ घर भई हाल हेटौँडा–४ मा बस्दै आएका तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १७/१८ वर्षीय बिराज विक रहेका छन् । प्रहरीले जनाएको अनुसार विकले मकवानपुर हेटौँडा–१२ पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा करिब १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखेर परीक्षा दिन आएको प्र...
हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

हेटौँडा १५ भोर्लेमा गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, हेटौँडा
२० चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले बस्ने सानुकाजी स्याङ्वोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरेका छन् । आगलागिबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातोमाटेका अनुसार, माघ १९ गते साँझ करिब ७ः१५ बजे आगो लागेको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक गौरिशंकर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दमकल र स्थानीयको सहयोगमा करिब ७ः४० बजे आगो पूर्ण रूपमा निभाइएको थियो । आगलागीका कारण एउटा गाईको बाच्छी घाइते भएको छ भने गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, आगलागीको कारण गोठको छेउमा मुसा धपाउन बालेको आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।...
प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ मा, उमेदवारी दर्ता आज

प्रतिनिधिसभा सभामुख निर्वाचन चैत २२ मा, उमेदवारी दर्ता आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
२० चैत, हेटौँडा । प्रतिनिधिसभा सभामुखको चयन प्रक्रिया आगामी आज शुक्रबार हुँदैछ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार, सभामुखको लागि उमेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । उमेदवारी दर्ता सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा गर्न सकिने बताइएको छ । दर्ता प्रक्रिया पूरा भएपछि दिउँसो उम्मेदवारीको नामावली प्रकाशन गरिनेछ । सभामुखको निर्वाचन आइतबार (चैत २२) सम्पन्न हुने तालिकामा उल्लेख छ । प्रतिनिधिसभामा कुल १८२ सिट रहेको छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुखका लागि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अन्य दलहरूले भने सभामुखको उमेदवारबारे अहिलेसम्म धारणा सार्वजनिक गरेका छैनन् । संसदमा सभामुखको निर्वाचनलाई लिएर राजनीतिक दबाब र छलफल जारी छ, र निर्वाचनसम्म यस विषयमा राजनीतिक वातावरण र गठ...
देशका केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

देशका केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२० चेत, हेटौँडा । देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ। विभागका अनुसार शुक्रबार ९चैत २०० दिउँसो सबै प्रदेशका हिमाली भू–भागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। अन्य भू–भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। यसैगरी गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा अन्य हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै सबै प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। रातिको समयमा पनि गण्डकी, क...
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१९ चैत, हेटौँडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ। यसअघि निगमले १ चैतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १५२ रुपैयाँ पुर्‍याएको थियो । त्यसपछि १२ चैतमा फेरि १५ रुपैयाँ बढाउँदै पेट्रोलको मूल्य १८७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । मूल्यवृद्धिसँगै उपभोक्तामाथि...
आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

आजबाट एसईई सुरुः मकवानपुरमा ७ हजार १९२ विद्यार्थी सहभागी हुँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
१९ चैत, हेटौँडा । देशभर आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १ सय ९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका सामुदायिक तथा संस्थागत गरी १ सय ४२ वटा विद्यालयका विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । तीमध्ये १ सय ५ वटा सामुदायिक र २७ वटा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका हुन् । परीक्षामा नियमिततर्फ ५ हजार ५ सय २७ जना तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना विद्यार्थीले परीक्षा फाराम भरेको इकाइ प्रमुख सुदीप गिरीले जानकारी दिए । उनको अनुसार जिल्लाका १० वटा विद्यालयका विद्यार्थी प्राविधिक धारतर्फबाट एसईईमा सहभागी हुँदैछन् भने दुई वटा विद्यालयका विद्यार्थी पूर्ण रूपमा प्राविधिक धारको विषयमा मात्र परीक्षामा सामेल भएका छन् । इन...
काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१७ चैत, हेटौँडा । जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान तीव्र बनाइँदै जाँदा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल लाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो । जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा छविलाल रिजाल काठमाडौंका सीडीओको जिम्मेवारीमा रहेका थिए। आन्दोलनका बेला भएका गतिविधि र सम्भावित निर्णयगत भूमिकाबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ। यसअघि आयोगको सिफारिसअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि गत शनिबार नियन्त्रणमा लिइसकेको छ। जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे सत्यतथ...
ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग

ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति घोर आपत्ति जनाएको छ । पार्टीका कार्यावाहाक अध्यक्ष हिदम लामाले जारी भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले गिरफ्तारी गरिएको आरोप लगाएका छन् । उनले गैरकानुनी रूपमा पक्राउ पुर्जी जारी गरी गरिएको गिरफ्तारीले कानुनी राज्यको उपहास गरेको उल्लेख गर्दै यस्तो कदमले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन् । विज्ञप्ति जारी गर्दै कावा अध्यक्ष लामाले अध्यक्ष ओली र लेखक दुवैको गिरफ्तारीलाई गैरसंवैधानिक, गैरराजनीतिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै उनीहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। ...
एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय (सूचीसहित)

एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय (सूचीसहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो । एमाले नेता महेश बस्नेतका अनुसार बैठकले गरेका निर्णयहर: १. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने। २.  प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने। ३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने। ४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।...
ओली र लेखक महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राखिने, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान

ओली र लेखक महाराजगन्जस्थित सशस्त्र प्रहरी गणमा राखिने, ज्यानसम्बन्धी कसुरमा अनुसन्धान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
१४ चैत, हेटौँडा । केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई महाराजगन्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि उक्त गणमा लैजाने तयारी भइरहेको छ । शनिबार बिहान भक्तपुरस्थित उनीहरूको छुट्टाछुट्टै निवासबाट पक्राउ गरिएका उनीहरूलाई प्रारम्भिक प्रक्रियापछि प्रहरी परिसर काठमाडौं हुँदै अस्पताल लगिएको थियो । ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रहरीका अनुसार ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार यस्तो कसुरमा अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ । यसका लागि दुवै जनालाई जिल्ला अदालत काठमाडौंमा आइतबार उपस्थित गराइने तयारी गरिएको छ । अद...