
हेटौँडामा जेनजीे आन्दोलनः सरकारी कार्यालय र एमाले कांग्रेसका नेताहरुको घरमा तोडफोड र आगजनी
२४ भदौ, हेटौँडा । सोमबारबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनले मंगलबार उग्र रूप लिँदा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन् । बिहान शान्तिपूर्ण रुपमा सुरू भएको प्रदर्शन दिउँसोतिर हिंसात्मक मोडमा परिणत भएको थियो । उनीहरुको तोडफोड र आगजनतीबाट करोडौको धनमाल नष्ट भएको छ भने, सरकारी कागजात जलेर नष्ट भएका छन् ।
आन्दोलनकारीहरूले बागमती प्रदेश सभा, प्रदेश सरकारका मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, पाटन उच्च अदालत हेटौँडा, मकवानपुर जिल्ला अदालत, राजस्व कार्यलय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका, नापी विभाग, सञ्जयकोषको निर्माणधिन भवन, जिल्ला समन्वय समतिको कार्यलय, ४ र १० नम्बर वडा कार्यलयमा तोडफोड र आगजनी भएको छ । आन्दोलनकारीहरुले ती कार्यलयमा प्रवेश गरेर तोडफोड गर्नुका साथै कागजात र सवारीसाधन तथा भौतीक संरचनामा समेत आगो लग...