सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा
२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गर्दै अभियानको औपचारिक घोषणा गरेको हो।
उक्त अभियान यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म देशभरका सबै सरकारी कार्यालयहरूमा सञ्चालन गरिनेछ। लामो समयदेखि विभिन्न तह र टेबलमा थन्किएका फाइल, सुरु भइसकेका टिप्पणीहरू तथा निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्तिलाई अन्त्य गर्ने उद्देश्यले यो अभियान ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारका अनुसार, कार्यान्वयन तहमै टुङ्गो लगाउन सकिने फाइलहरू अनावश्यक रूपमा माथिल्लो तहमा पठाउने अभ्यासका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको छ। यसलाई न्यूनीकरण गर्दै जिम्मेवारी स्...






















