जेन जी आन्दोलनबाट क्षती पुगेका स्थानको मुख्यमन्त्री बानियाँले गरे निरिक्षण (तस्वीरहरु)
२ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’का क्रममा क्षती पुगेका सरकारी संरचनाहरुको बिहीबार स्थलगत निरिक्षण गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रभावित निकायमा पुगेर अवस्थाको जानकारी लिएका हुन् ।
आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतका ९ वटा मन्त्रालय र मातहतका कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । त्यस क्रममा सरकारी भवनहरु, फर्निचर, फाइल कागजात र सवारी साधनमा ठूलो क्षति पुगेको छ । मुख्यमन्त्री बानियाँले क्षतीग्रस्त स्थल अवलोकन गर्दै भौतिक संरचना पुनःनिर्माण र सेवाग्राही प्रभावित नहुने गरी आवश्यक कदम चालिने बताए।
'प्रदेश सरकार जनतासँगै उभिएको छ । यथासिघ्र क्षति...






















