
भुटनदेवी माविमा सिपमुलक तालिम सुरु, व्यवसायिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय
१३ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा विद्यार्थीहरुका लागि व्यवसायिक तालिम शुरू गरिएको छ । पहिलो चरणमा ६० जना विद्यार्थीलाई सिपमुलक तालिम दिन लागिएको विद्यालयले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नवीन सिग्देलले विद्यार्थीहरूलाई व्यवसायिक तालिम मार्फत भाविष्यमा रोजगारीको ग्यारेन्टि गर्ने उदेश्यले विद्यालयले तालिमको सुरु गरेको बताए । उनका अनुसार विद्यालयको आन्तरिक स्रोतबाट प्रारम्भिक चरणमा हेयर कटिङमा, बेसिक व्युटीपार्लर र बेसिक ईलोक्टिसियनको तालिम दिन लागिएको हो ।
अध्यक्ष सिग्देलले विद्यालयले सैद्वान्तिक पढाईको अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आईरहेको र फरक पहिचानसहित शिक्षाको गुणस्तर सुधार माथी उठाउन आफुहरु लागि परेको जानकारी दिए । उनले सिपमुलक तालिम अन्तर्गत पहिलो चरणमा ...