१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
३० बैशाख, हेटौँडा । १० बुँदे घोषणापत्र जारी गर्दै २८ वैशाखबाट सुरु भएको तीन दिने बागमती प्रदेश युवा सम्मेलन मंगलबारबाट सकिएको छ। विभिन्न ६ शीर्षकमा प्यानल छलफल गरी सम्मेलनमा उठेका विषयहरूबाट १० बुँदा घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो।
मंगलबारसम्म चलेको सम्मेलनमा शिक्षा, सिप, उद्यामशीलता र नीति नेतृत्वको विषयमा बहस भएको थियो। ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने मूल नारासहित हेटौँडामा भएको सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सिप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवालगायतका विषयमा विज्ञहरूसहित प्यानल छलफल गरिएको थियो।
सम्मेलनले युवाहरूमा रहेको नवीनतम सोचलाई आर्थिक लाभसँग जोड्न तीन तहको सरकारको समन्वयन र निजी क्षेत्र...























