
आजबाट अनुपम स्मृति फुटबल: उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने
७ फागुन, हेटौंडा । आज बुधबारबाट हेटौंडामा पहिलो संस्करणको अनुपम स्मृति १६ वर्ष मुनिको फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा ७ र १८ नम्बर वडा खेल्ने छन् ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा उपमहानगरका १९ मध्ये १० वडाले सहभागिता जनाउदैन् ।
हेटौंडाको ६, ७, ८, ९, ११, १२, १३, १५, १८ र १९ नम्बर वडाले मात्रै खेलमा सहभागिता जनाउने भएका हुन् । आयोजकले प्रतियोगिताको अघिल्लो दिन मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको फाइनल खेल १० गते हुनेछ ।
हेटौंडा–१२ निवासी अनुपम घलानको गत असोजमा एन्फा एकेडेमी सिस्नेरीको पहिरोमा परेर निधन भएको थियो । उनकै स्मृतिमा हेटौंडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेता ट...