
हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले आफनो ३५ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
क्याम्पसले स्थापना दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालित भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयीहरुलाई मङ्गलबार एक कार्यक्रमबीच परस्कार वितरण तथा सम्मान गरेको छ ।
स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
का...