
हेटौंडा शहरका परिकल्पनाकार टोनी हेगनको अर्धकदको सालिक अनावरण
२० फागुन, हेटौँडा । हेटौंडा शहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ । हेटौंडा १० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. टोनी हेगनको अर्धकदको सालिकको मंगलबार हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका हुन् ।
सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गरिन् । उनले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गरिन् । नेपालको ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको उनको भनाई थियो ।
अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा। टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपाल...