राजनीति

राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

राजावादीको प्रदर्शका क्रमम दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१६ चैत, हेटौँडा । राजवादीको प्रदर्शनका क्रममा हिजो शुक्रबार दिनभर तनावग्रत बनेको काठामाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु र ५३ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको तथयांकअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् । पूर्व राजाका समर्थकले लुटपाटसमेत गरेका छन् । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । यस्तै तीनकुनेस्थित म...
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौं तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित महामन्त्री धवलशम्शेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।...
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।...
बागमती प्रदेश सभा बैठक १९ चैतमा

बागमती प्रदेश सभा बैठक १९ चैतमा

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१३ चैत, हेटौँडा । बागमती प्रदेश सभाको बैठक चैत १९ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि आह्वान गरेका हुन्। उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त चार विधेयक पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको सातौँ बैठक आह्वान गरिएको उनले बताए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनको भनाइ छ । यसअघि प्रदेश सभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत २३ माघमा दुई, २४ गते एक र २६ गते दुईवटा बैठक सञ्चालन भएका थिए । त्यसपश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि आह्वान गरिएको हो । गत माघ २६ गते बसेको प्रदेश सभा बैठकले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बन...
चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

चौतारीको केन्द्रीय कमिटीमा मकवानपुरका ६ जनालाई जिम्मेवारी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
१२ चैत, हेटौँडा । नेकपा एमाले निकटको पत्रकार संस्था प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी र आयोग सदस्य गरी मकवानपुरका ६ जनाले जिम्मेवारी पाएका छन् । विराटनगरमा सम्पन्न भएको चौतारीको १० औं राष्ट्रिय महाधिवेशबाट गठित गणेश पाण्डे नेतृत्वको कमिटीमा मकवानपुरका ६ जनाले विभिन्न जिम्मेवारी पाएका हुन् । प्रेस चैतारी नेपाल मकवानपुका अध्यक्ष सरिता दाहलका अनुसार केन्द्रीय कमिटीको खुला सदस्यतर्फ मकवानपुरका दिपेन्द्र रोक्का र धर्मेन्द्र दाहाल केन्द्रीय सदस्य बनेका छन् । यस्तै समाजवादी प्रत्रकार संगठन र प्रेस चौतरी नेपालको एकता प्रक्रियाबाट शिवकुमार रिजाल ‘काशी’ तथा भुगोलतर्फ बागमती प्रदेशबाट पुष्पराज अधिकारी केन्द्रीय सदस्य भएका हुन् । अध्यक्ष दाहालका अनुसार प्रेस चौतरी नेपालको अनुशासन आयोग सदस्यमा उज्वल अधिकारी र लेखा आयोग सदस्यमा आरती ढकालले पनि जिम्मेवारी पाएका छन् । प्रेस चौतारीको अध्यक्षमा गणे...
कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१२ चैत, हेटौँडा । सरकारले बदनियतपूर्ण ढंगबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलाई हटाएको भन्दै हेटौँडामा पनि प्रदर्शन गरिएको छ । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्वमा हेटौँडामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले हातमा ममबत्ति र टुकि बत्ति बालेर प्रदर्शन गरेका थिए । सरकारले बदनियत राखेर कुलमानलाई पदबाट हटाएको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले तत्काल सरकारको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सत्ता साझेदार दलहरु एमाले र कांग्रेस हुनुपर्ने चेतावनी समेत दिएका छन् । हेटौँडाको सिमाचोकबाट नारा जुलुस गर्दै निस्किएका उनीहरुले विद्युत माफियाका चंगुलमा फसेर सरकारले उज्यालो नेपालका नायक कुलमानलाई हटाइएको उनीहरुले आरोप लगाएका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहर...
हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

हेटौंडामा राप्रपाले जलायो प्रचण्डको फोटो 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२ चैत, हेटौंडा । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको छ । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता निराजन बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर उनले भने, ‘तपाईंहरुले यो मान्छे त चिन्नुहुन्छ होला नि ? यो तस्बिर चिन्नुहुन्छ होइन ?’  त्यसपछि उनले सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाए । उनले त्यसपछि प्रचण्डको कडा आलोचना गरेका थिए । बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि  राजावादी द...
राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ फागुन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा राजस्व सुधारका लागि गठन गरिएको अध्ययन समितिसंग छलफल थालेको छ । मन्त्रालयले राजस्व सुधारको लागि गठन गरिएको समितिका सदस्यहरुसंग मंगलबार छलफल गरेको हो । राजस्व सुधार समितिको प्रारम्भिक प्रतिवेदन तथा अध्ययन ढाँचा, विधी लगायतका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्तत नेपाल, प्रदेशका सचिव महादेव पन्थ लगायत प्रदेश सचिव र कर्मचारीहरुसंग छलफल गरिएको हो । समुन्नत प्रदेश निर्माणको लागि राजस्वका स्रोत, संकलनको अवस्था, समस्या लगायतका विषयको विश्लेषण गर्दै राजस्व परिचालनमा सुधार र नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न उक्त समितिले अध्ययन गर्ने छ । समितिले प्रदेशको राजस्वको विद्यमान अवस्था विश्लेषण गर्ने, राजस्व वृद्धि तथा परिचालन, राजस्व परिचालन क्षमता ...
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको विकास निर्माणको कामको अनुगमन तथा नियमन र मुल्यांकनका लागि कानुन निर्माणका लागि कानुन बनाउन सहमती दिएको हो । बैकठले प्रदेश अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मुल्यांकन नहँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो । बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले भक्तपुर नखेल गाविस वडा नम्बर–१ को ...
तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाई नहुँने दावी गरेका छन् । उनले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । सोमबार हेटौँडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दलको पाँचौ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने स्पष्ट पारे । ‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसिमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौ,’ उनले भने, ‘जिल्लाका साथीहरुले पनि सोहि अनुसार तयारी थाल्नुस ।’ अध्यक्ष गुरुङले अब पनि महाधिवेशन हुन्न कि भन्ने दुविधामा नरहन आग्रह गरे । उनले मातृ पार्टी कांग्रेसलाई गतिशिल र जनताको पार्टी बनाउन तरुण र युवाहरु लाग्नुपर्ने बेला आएको बताए । मुलुकमा भएका सबै परिवर्तनको न...